शनिबार, साउन ३, २०८२

नागरिकको खबरदारीलाई आत्मसात गर्छु : नेता सिंह

नेपालको राजनीतिमा आएको परिवर्तनको लाभ नागरिकले पाउनुपर्ने मान्यता सधैं अडिग रहिरहने नेता सिंहको प्रतिबद्धता।
 |  शनिबार, मंसिर २४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९

vianetvianet

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा सभासद् प्रकाशमान सिंहले देशलाई विकासको बाटोमा अगाडि बढाउन नागरिकको सुझाव सदैव अपरिहार्य हुने बताएका छन्। यसका लागि नागरिकको सुशासनप्रतिको चाहना पूरा गरेर अगाडि बढ्नुपर्ने उनको धारणा छ। शनिबार राजधानीमा आयोजित धन्यवाद ज्ञापन  कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन्।

अहिले पनि मुलुक जटिल अवस्थामा रहेकाले राजनीतिक स्थायित्व प्रदान गर्नु पहिलो चुनौती रहेको नेता सिंहको भनाइ छ। नेपालको राजनीतिमा आएको परिवर्तनको लाभ नागरिकले पाउनुपर्ने मान्यता आफू सधैं अडिग रहिरहने उनले प्रतिबद्धता जनाए। जनताले आफूलाई मत दिएर विश्वास गरेकाले मतलाई खेर जान नदिन अबका दिनमा नागरिकको खबरदारीसँगै अगाडि बढ्ने उनले बताए।

विगतमा काठमाडौं १ को विकासमा उल्लेख्य योगदान गरेको उनको दाबी छ। काठमाडौं १ देशकै मुटु भएकाले परिवर्तनशील नागरिकका आवश्यकता र चाहनाको सवालमा जनप्रतिनिधिलाई सधैं सचेत र सजग गराइरहनुपर्ने आवश्यकता नेता सिंहले औंल्याए।

नागरिकका सुझावलाई सहज रूपमा लिँदै त्यसलाई कार्यान्वयन तहमा लैजान कुनै कसर बाँकी नराख्ने उनले बताए। आफूलाई ४ पटक संसद् प्रवेश गराएकामा मतदातालाई धन्यवाद दिँदै नेता सिंहले अबका दिनमा चुनावका बेला सार्वजनिक गरेका एजेन्डामा रहेर काम गर्ने विश्वास दिलाए।

प्रकाशित: Dec 10, 2022| 12:57 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...