बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • जबरालाई 'क्लिन चिट' दिने निर्णयविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा

जबरालाई 'क्लिन चिट' दिने निर्णयविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले दायर गरेको मुद्दाको कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा पेशी तोकिएको छ।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९

काठमाडौं– सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग निस्प्रभावी भएको संसद सचिवालयका महासचिव भरत गौतमको पत्रविरुद्ध परेको रिटमा शुक्रबार नै सुनुवाइ हुने भएको छ।

National life

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले दायर गरेको मुद्दाको कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा पेशी तोकिएको छ।

संवैधानिक इजलासमा कार्कीसहित विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा रहेका छन्। 

१ फागुन २०७८ मा प्रधानन्यायाधीश जबराविरुद्ध सांसदहरुले महाभियोग लगाएपछि राणा निलम्बित अवस्थामा छन्। उनको महाभियोग छलफल चलिरहेको समय प्रतिनिधिसभाको कार्यकाल सकिएको थियो।

संसद् सचिवालयका महासचिव भरत गौतमले प्रतिनिधिसभाको नयाँ निर्वाचन भइसकेको अवस्थामा जबराको महाभियोग निष्प्रभावी हुने निर्णय गर्दै सर्वोच्च अदालतसहितका निकायमा पत्र पठाएका थिए। 

Shivam cement

महाभियोगको विषयमा संसद्ले निर्णय गर्नुपर्नेमा संसद् सचिवालयका महासचिवले निर्णय गर्न नमिल्ने रिट निवेदकको तर्क छ।

प्रकाशित: Dec 09, 2022| 12:39 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...