शनिबार, साउन ३, २०८२

नागरिक उन्मुक्ति पार्टीले टुंग्यायो समानुपातिक सांसद

काठमाडौंमा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश सभा सदस्यको नाम टुंगो लगाएको हो।
 |  शुक्रबार, मंसिर २३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९

vianetvianet

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फका प्रदेश सभा सदस्यहरूको नाम टुंगो लगाएको छ। काठमाडौंमा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश सभा सदस्यको नाम टुंगो लगाएको हो।

रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा २/२ र मधेश प्रदेशमा १ सिटसहित ५ समानुपातिक सिट पाएको छ।

पार्टीका महासचिव रतन थापाका अनुसार सुदूरपश्चिम प्रदेश सभा सदस्यको लागि सुनिता चौधरी र दामोदर पण्डितको नाम टुंग्याइएको छ। लुम्बिनी प्रदेश सभा सदस्यको लागि रेणुका चौधरी र निर्मला चौधरीको तथा मधेश प्रदेश सभा सदस्यको लागि रामचन्द्र चौधरी छनोट भएका छन्।

नागरिक उन्मुक्ति पार्टीले पत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा १ स्वतन्त्रसहित ४ सिट जितेको छ भने प्रदेशतर्फ ७ सिट जितेको छ।

प्रकाशित: Dec 09, 2022| 20:42 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...