हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत आउन सकेन। जसकारण कुनै एउटा मात्रै दलले नेपालको संविधानको धारा ७६(१) बमोजिम सरकार गठन गर्ने सम्भावना देखिँदैन।
प्रतिनिधिसभामा एमालेबाट समानुपातिक निर्वाचन प्रणालीतर्फ कालुराम राई, राष्ट्रिय सभामा प्रकाश पन्त र बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी घिमिरेले अपांगताको प्रतिनिधित्व गरेका हुन्।
सभामुख र उपसभामुखको चयनपछि प्रतिनिधिसभा बैठकबाटै प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अघि बढ्छ। संविधानको धारा ७६ को १ बमोजिम राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।