आइतबार, जेठ ३, २०८३

कांग्रेस सांसद केसीले संसद्‍मा उठाए साना ठेकेदारका समस्या

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देश भ्रष्टाचारको कहालीलाग्दो अवस्थामा डुब्दै गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देश भ्रष्टाचारको कहालीलाग्दो अवस्थामा डुब्दै गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

National life

प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले ठेकेदारी प्रथामा देखिएको कार्टेलिजम, सिन्डिकेटिजम र फिक्सिङले गुणस्तरलाई असर गरिरहेको बताए। शून्य समयमा बोल्दै उनले यसले गर्दा मझौला र न्यून वर्गीय ठेकेदार आपतमा परेको बताए।

नुवाकोटमा ५ जुन २०१४ पासाङ ल्हामु राजमार्ग निर्माण गर्न दुई वर्षका लागि भएको सम्झौता पाँच पटक थपिएर सात वर्ष पुगेको स्मरण गर्दै उनले त्यसका लागि ४० प्रतिशत बजेट वृद्धि हुँदा पनि अहिलेसम्म निर्माण हुन नसकेको बताए।

राष्ट्रिय गौरवका आयोजनादेखि सबैको अवस्था यस्तै रहेको उनले बताए। यतातर्फ सरकारको ध्यान जानुपर्ने उनको माग छ।

प्रकाशित: Feb 01, 2023| 13:28 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...