आइतबार, जेठ ३, २०८३

अमेरिकी राजदूत थम्पसनले भेटे उपप्रधानमन्त्री लिङ्देनलाई

मन्त्रालय पुगेर राजदुत डीआर थम्पसनले आज उपप्रधान एवम् ऊर्जा मन्त्रीलाई भेटेका हुन्।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

काठमाडौं- नेपालका लागि अमेरिकी राजदुत डि आर थम्पसनले उपप्रधान एवम् ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनसँग भेट गरेका छन्। 

National life

मन्त्रालय पुगेर राजदुत डीआर थम्पसनले आज उपप्रधान एवम् ऊर्जा मन्त्रीलाई भेटेका हुन्। भेटमा उनीहरूबीच आपसी सहयोग र चासोका विविध विषयमा छलफल भएको बताइएको छ।

भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले ऊर्जाको विकाश, प्रशारण र व्यापार आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै ऊर्जाको ट्रान्समिसन लाइन विस्तारमा अमेरिकी सरकारको सहयोग रहने विश्वास व्यक्त गरे। उपप्रधानमन्त्री लिङ्देनले भ्रष्टाचार शून्यको सिद्धान्तमा आफूले काम गर्न चाहेको बताए।

नेपालको आर्थिक तथा सामाजिक विकासमा अमेरिकोको महत्वपूर्ण योगदान रहेको उनले चर्चा गरे। लामोदेखि अमेरिकाले नेपालको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै राजदूत थम्पसनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।


प्रकाशित: Feb 01, 2023| 14:52 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...