आइतबार, जेठ ३, २०८३

राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवार उठाउने कांग्रेस निर्णय

राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दिने र अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने कांग्रेसको निर्णय।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

National life

काठमाडौं– संघीय प्रतिनिधिसभाको सभामुख, उपसभामुखमा पराजित नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा पनि उम्मेदवारी दिने निर्णय गरेको छ। बिहीबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको संसदीय दल कार्यसमिति बैठकले राष्ट्रिय सभामा उपाध्यक्षका लागि उम्मेदवारी दिने निर्णय गरेको हो। 

कांग्रेसका मुख्य सचेतक रमेश लेखकले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दिने र अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको बताए। यसका लागि २६ माघमा संसदीय दलको बैठक बोलाउने निर्णय भएको उनको भनाइ छ।

राष्ट्रिय सभा उपाध्यक्षका लागि २३ माघमा निर्वाचन हुँदै छ। तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल २० फागुन २०७८ मा सकिएको थियो।

प्रकाशित: Feb 02, 2023| 10:56 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...