आइतबार, जेठ ३, २०८३

संसद्‍मा प्रवेश पायो प्रेम आचार्य आत्मदाह प्रकरणले

आज बुधबार संसद् बैठकको शून्य समयमा आफ्नो धारणा राख्दै उनले संसद् भवन अगाडि युवा उद्यमी प्रेम आचार्यले आत्मदाह गर्नु त्यसको उदाहरण भएको बताइन्।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

काठमाडौं– नेपाली कांग्रसकी सांसद ईश्वरी न्यौपानेले समृद्ध देश सुखी जनता सरकारको भजाउने नारामात्रै भएको आरोप लगाएकी छन्।

National life

आज बुधबार संसद् बैठकको शून्य समयमा आफ्नो धारणा राख्दै उनले संसद् भवन अगाडि युवा उद्यमी प्रेम आचार्यले आत्मदाह गर्नु त्यसको उदाहरण भएको बताइन्।

‘मानिसले आफ्नै शरीरमा आगो लगाएर मर्नु सामान्य घटना होइन। प्रेम प्रतीकमात्र हुन्। हाम्रा देशका हजारौं युवाको मनस्थिति त्यो भन्दा फरक छैन,’ उनले भनिन्। देशमा सम्भावना नदेखेर नवीन सम्भावना पछ्याउँदै विदेशी मुलुकबाट काठको बाकसमा फर्किएको कारुणिक दृश्य देख्दै र भोग्दै आएको प्रति सरकार गम्भीर हुनुपर्ने उनको धारणा छ।

प्रेमको आत्मदाह प्रकरणले राज्य गम्भीर हुनुपर्ने उनले बताइन्। राज्यले जनताको यो भावनाको सम्बोधन नगरे झिल्कोले डढेलोको रुप लिन बेर नलगाउने उनको चेतावनी छ।

प्रकाशित: Feb 01, 2023| 13:37 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...