आइतबार, जेठ ३, २०८३

स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन

सो पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको दाबी गर्दै खारेजीको माग गर्दै आयोगमा उजुरी परेको हो।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी खारेज हुनुपर्ने मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ। सो पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको दाबी गर्दै खारेजीको माग गर्दै आयोगमा उजुरी परेको हो।

National life

सिन्धुलीका युवराज पौडेलले निर्वाचन आयोगका सचिवलाई सम्बोधन गर्दै निवेदन पेश गरेर सो पार्टीका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उम्मेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी लामिछानेले गरेका निर्णयहरु अवैध हुने भएकाले तत्काल पार्टी खारेज गर्न माग गरेका छन्।

गैरनागरिक उपप्रधान तथा गृहमन्त्री हुँदा राष्ट्रिय गोपनीयता भंग हुने कार्य भएको हुन सक्ने भएकाले राष्ट्रिय हितभन्दा बाहिर गई यस्ता कार्य भएको हुँदा रास्वपा खारेज गर्नुपर्ने उनको तर्क छ।

‘रवि लामिछानेलाई सर्वोच्च अदालत संवैधानिक इजलासको मिति २०७९/१०/१३ गतेको फैसलाले अनागरिक भएको ठहर गरेको, निजले दल दर्ता गर्दा एवं सांसदको उम्मेदवार बन्दा पेश गरेको नागरिकता कानुनतः अवैधानिक रहेकोले सोही अवैधानिक नागरिकता पेश गरी निजको अध्यक्षतामा बैठक बसी दल खोल्ने गरेको निर्णय, निजले गरेको हस्ताक्षरसमेत अवैधानिक ठहर भएको छ,’ निवेदनमा भनिएको छ।

यसअघि उनै पौडेलले सर्वोच्च अदालतमा रविमाथि  नागरिकता मुद्दा दायर गरेका थिए। सर्वोच्चले रविको सांसद र मन्त्री पद खोस्दिसकेको छ।

प्रकाशित: Feb 01, 2023| 15:11 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...