आइतबार, जेठ ३, २०८३

संसद्‍मा प्रश्न- राजा चाहिन्छ भनेर बोल्न किन नपाउने?

संसद् बैठकको विशेष समयमा बोल्दै उनले राजासहितको प्रजातन्त्रलाई स्थापित गर्न आफूहरु आएको अभिव्यक्ति दिए।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

National life

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले राप्रपा नेपालमा सनातन हिन्दु धर्म कायम गर्नका लागि आएको बताएका छन्। संसद् बैठकको विशेष समयमा बोल्दै उनले राजासहितको प्रजातन्त्रलाई स्थापित गर्न आफूहरु आएको अभिव्यक्ति दिए। उक्त कुरालाई संविधानले रोक्न नसक्ने उनको प्रस्टोक्ति थियो।

'यी संविधानका अपरिवर्तनीय बुँदा होइनन्। यी विषयमा हामीले बोल्न पाउनुपर्छ। हामी बोल्छौं। हामी समयमा कार्यान्वयन गर्छौं,' उनले भने, 'त्यसको मतलब यो होइन कि हामी संविधान र व्यवस्थालाई मान्दैनौं। हामी संविधान र व्यवस्थालाई नमान्ने भए जंगल जान्थ्यौं। बन्दुक उठाउँथ्यौं।'


प्रकाशित: Feb 01, 2023| 15:16 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...