संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनाको कारण हिमाली आँधी रहेको पाइएको छ।
अर्थ मन्त्रालयले जेठ महिनामा मात्र तीन अर्ब ६४ करोड २५ लाख रुपैयाँ रकमान्तर गरेको छ।
विश्व पर्यटनको केन्द्र लुम्बिनीमा बस्ती विकासको आवश्यकता रहेको प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन्।
मुद्रण उद्योग तथा यस व्यवसायसंग सम्बन्धित व्यवसायीहरुले विदेश छपाई गरी नेपाल आयात गरिने पुस्तकहरुमा १० प्रतिशत भन्सार महसुल गाउने व्यवस्था अनिवार्य कार्यन्वयन गर्नुपर्ने माग गरेका छन्।
नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयक फिर्ताको माग गर्दै कार्टून प्रर्दशनी गरेको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भनाईलाई पार्टीकै मन्त्रीले प्रतिवाद गरेका छन्।
पत्रकार संगीत श्रोतालाई प्रहरीले गिरफ्तार गरेको छ।
सर्वोच्च अदालतमा दायर गरिएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादमा पुनः आइतबार सुनुवाइ हुने भएको छ।
शरणार्थीका रुपमा अमेरिका प्रवेश गर्न चाहने एक युवक र उनकी २३ महिनाकी छोरीको नदीमा डुबेर मृत्यु भएको तस्बिरले धेरैको मन कुँडिएको छ।
जनकपुरमा गुठी संस्थानको सार्वजनिक जग्गा अतिक्रमण गरिएका जग्गा संरक्षण गर्न स्थानीयवासी जुटेका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जागरण अभियानको समीक्षा बैठक सुरु गरेको छ।
लोकभाका ‘गलबन्दी च्यातेर’ का गायक प्रकाश सपुत र अर्का गायक शम्भु राईबीच सहमति भएको छ।
धनुषाको विदेह नगरपालिकामा ढुंगामुढा भएको छ।
प्रदेश २ सरकारले महिलाहरुको लागि लोकसेवा तयारीको निःशुल्क कक्षा सञ्चालनमा ल्याएको छ।
पार्टीभित्रै असन्तुष्ट बनेका नेकपा अध्यक्ष प्रचण्डलाई अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले फकाउन थालेका छन्।
छिमेकी मुलुक भारतको जासुसी संस्था रिसर्च एण्ड एनालाइसिस विङ्स ‘रअ’ को प्रमुख फेरिएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुटारसँगैको ललिता निवासको जग्गा प्रकरणमा बयानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८६ जनालाई बोलाएको छ।
कैलालीको लम्कीचुहा नगरपालिकाले गौरवको आयोजना भनेर छनोट गरेको नगर उद्यानमा चालु आर्थिक वर्षका लागि एक करोड ३३ लाख बजेट विनियोजन गर्यो।
विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
गृहमन्त्री राम बहादुर थापाले लागुऔषध दुरुपयोग तथा ओसार पसार नेपालका लागि चुनौतिपूर्ण बन्दै गएको बताएका छन्।
प्रमुख प्रतिपक्षी कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आन्तरिक भागबन्डामा अल्झिरहेका बेला कृष्णप्रसाद सिटौला समूह १४ औं महाधिवेशनमा सक्रिय भएको छ ।
मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (र्याफ्टिङ) जलयात्रा रोकिएको छ ।
नेपालमा धर्म परिवर्तनलाई खुकुलो पार्न कुटनीतिक तहबाटै लविङ भइराखेको खुलासा भएको छ ।
धनुषाको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले आफूलाई दुर्व्यवहार गरेको प्रेदश २ का एक महिला सांसदले आरोप लगाएकी छिन् ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबाहेक ५ नगरले बजेट सार्वजनिक गरेका छन् ।
प्रदेश १ का दुइ उपमहानगरपालीकाहरु धरान र इटहरीको एकमुस्ट बजेट भन्दा विराटनगर महानगरपालीकाको बजेट १ अर्ब ४६ करोड भन्दा बढि आएको छ ।
अछामको चौरपाटी गाउँपालिका-२ मा ट्याक्टर पल्टिदा तीन विद्यार्थीको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।
मलेसियामा हुने एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताको लागि नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
