सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • अस्ट्रेलियाको टप एन्ड सिरिजमा नेपाल ‘ए' खेल्ने, को को छन् टिममा ?

अस्ट्रेलियाको टप एन्ड सिरिजमा नेपाल ‘ए' खेल्ने, को को छन् टिममा ?

 |  सोमबार, साउन २५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०८३

काठमाडौं। अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी–२० प्रतियोगिता तथा त्यसपछि दक्षिण अस्ट्रेलिया, तास्मानिया र न्युजिल्यान्ड ‘ए’ विरुद्ध हुने मैत्रीपूर्ण शृंखलाका लागि नेपाल ‘ए’ क्रिकेट टोली घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय टोली छनोट गरिएको हो। टोलीमा अनिलकुमार साह, त्रितराज दास, मयन यादव, कुशल भुर्तेल, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन्।

अस्ट्रेलियाको उत्तरी भूभाग क्रिकेटले आयोजना गर्ने टप एन्ड टी-२० प्रतियोगिता अगस्ट २० देखि ३० सम्म डार्विनमा सञ्चालन हुनेछ।

प्रतियोगितामा नेपालले अगस्ट २१ मा उत्तरी भूभाग स्ट्राइकसँग पहिलो खेल खेल्नेछ। त्यसपछि अगस्ट २२ मा बंगलादेश, अगस्ट २४ मा हुरिकेन्स, अगस्ट २६ मा एसीटी कमेट्स, अगस्ट २७ मा किङ्सम्यान र अगस्ट २९ मा भिक्टोरियासँग खेल्ने तालिका रहेको छ।

प्रतियोगितापछि नेपाल ‘ए’ टोलीले अस्ट्रेलियामै दक्षिण अस्ट्रेलिया, तास्मानिया र न्युजिल्यान्ड ‘ए’ टोलीसँग मैत्रीपूर्ण शृंखला खेल्ने क्यानले जनाएको छ। 

प्रकाशित: Aug 10, 2026| 20:16 सोमबार, साउन २५, २०८३
प्रतिक्रिया दिनुहोस्