लुम्बिनीमा व्यवस्थित बस्ती विकासको आवश्यकता

/assets/plugins/bower_components/fileman/Uploads/cm_5_3_.jpg

भैरहवा- विश्व पर्यटनको केन्द्र लुम्बिनीमा बस्ती विकासको आवश्यकता रहेको प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन्।

मुख्यमन्त्री पोखरेलले लुम्बिनीमा स्वदेशी तथा विदेशी सयौं लगानी कर्ताहरु अर्वौं लगानीमा विभिन्न परियोजना सञ्चालित गर्न आतुर रहेको बताउदैं नगरपालिकाले तत्काल जग्गा व्यवस्थापनको लागि बस्ती विकास गरिहाल्नु पर्ने बताए। 

उनले भने ‘लुम्बिनीमा ल्यान्ड पुलिंगको सिस्टम मार्फत् बस्ती विकास गरिहाल्नु पर्छ। होइन भने पछि समस्या हुन्छ।’ मुख्यमन्त्री पोखरेलले जनताको सबै जग्गा राज्यले केही समयको लागि लिने अनि सबै किसिमका पुर्वाधार तयार गरेर पुनः उनीहरुलाई फर्काउनु पर्ने पनि बताए। 

मुख्यमन्त्री पोखरेलले जग्गा दलालहरुले लुम्बिनी क्षेत्रका जनताको जग्गालाई खराब गरिरहेको बताउदै नगर सरकारले स्वदेशी तथा विदेशी ठूला परियोजनाको लागि जग्गा चलनचल्तीको मूल्यमा दिनेगरी व्यवस्थापन गर्नुपर्ने समेत बताए। उनले भने, ‘अर्वौँ लगानीमा परियोजना सञ्चालन गर्न आउनेहरुको लागि नगरपालिकाले जनताको जग्गा चलनचल्तीको दरमा दिनेगरी व्यवस्था गर्नुपर्दछ।’

लुम्बिनी सास्कृतिक नगरपालिकाको ५२ लाख लगानीमा कालीदहमा निर्माण गर्न थालेको स्वागतद्वारको शिलन्यास गर्दै मुख्यमन्त्री पोखरेलले लुम्बिनीको विकासको लागि प्रदेश सरकारले प्राथमिकताका साथ बजेट छुट्टाएको पनि बताए। 

नगरपालिकाले हरेक कार्यमा प्रदेश सरकारले सहयोग गर्ने पाखरेललको भनाई छ। सो अवसरमा नगर प्रमुख मनमोहन चौधरीले नगरपालिकाको हरेक वडालाई फरक फरक पहिचान भएका वडाको रुपमा विकास गर्नेगरी काम गरिरहेको बताए। 

उनले सबैको साथ र सहयोग भएमा लुम्बिनी नाम जस्तै समृद्ध र सुन्दर हुने पनि बताए। नगर प्रमुख चौधरीले नगरपालिकाकै लगानीमा निर्माण हुन थालेको गेटले भारतको कक्रहवा हुदैं नेपाल प्रवेश गर्ने यात्रुहरुलाई लुम्बिनी प्रवेशमा स्वागत गर्ने बताए।

बुद्धत्व झल्किने गरी निर्माण गरिन थालेको उक्त गेट लुम्बिनी सांस्कृतिक नगरपालिका प्रवेशको महत्वपुर्ण बिन्दू हुने पनि बताए। 

शिलन्यास समारोहमा नगरका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले लुम्बिनी सास्कृतिक नगरपालिकाको विकासको लागि सबै नगरबासीको सक्रीय सहभागीता र साथको जरुरी रहेको बताए। उनले कालिदहमा निर्माण हुने स्वागतद्वारले लुम्बिनीको गरिमा बढाउने पनि बताए। 
 



प्रतिक्रिया