‘गलबन्दी’ सपुत र राई दुवैको हुने सहमति

/assets/plugins/bower_components/fileman/Uploads/Prakash_saput.jpg

काठमाडौं। लोकभाका ‘गलबन्दी च्यातेर’ का गायक प्रकाश सपुत र अर्का गायक शम्भु राईबीच सहमति भएको छ।

सहमतिपछि गलबन्दी लोकदोहोरीको संगीत सिर्जनामा शम्भु राईको पनि नाम समावेश हुने भएको छ। पुनः संगीत सिर्जना भने प्रकाश सपुतको हुने गरी सहमति भएको छ।

गीतमा अब राई र सपुत दुवैको नाम समावेश हुनेछ। तर  गायकले शम्भु राईले रोयल्टी भने पाउने छैनन्।

https://www.nicasiabank.com/
दुई गायकबीच सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा बुधबार सहमति भएको हो।

सपुतको ‘गलबन्दी च्यातेर’ बोलको गीत सार्वजनिक गरेपछि गायक राईले उक्त गीतको भाका आफूले पहिल्यै गाएको गीतसँग मिलेको भन्दै असन्तुष्टि जनाएका थिए।

गलबन्दी च्यातेर बोलको गीत युट्युबाट रिलिज भएको एक महिनाभित्रै एक करोड ६४ लाख भ्युअर पाएको छ। सहमतिसँगै राईले विभिन्न निकायमा दिएका उजुरी फिर्ता लिएका छन्।

प्रतिक्रिया