अछाममा ट्याक्टर पल्टियो : ३ विद्यार्थीको मृत्यु, ४ घाईते  

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/June/accident_tyaktar.jpg

धनगढी- अछामको चौरपाटी गाउँपालिका-२ मा ट्याक्टर पल्टिदा तीन विद्यार्थीको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् । 

वडा नम्बर २ सोकटको मुल्लीकोलगैरा भन्ने ठाउँमा से १ त ७८३९ नम्बरको ट्याक्टर पल्टिदा उनीहरुको मृत्यु भएको हो । 

मृत्यु हुने चौरपाटी गाउँपालिका वडा नं. २ का दशपल्ले माविवाट यस वर्ष एसईई परिक्षा दिएका रमेश साउद, दशमल्ले माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत कालि साउद रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर वोगटीले जानकारी दिए ।

स्थानीय जगत साउदले दिएको जानकारी अनुसार उत्तम साउद, लक्ष्मी साउद, मान बहादुर भुल र सरस्वती साउद गम्भीर घाइते छन् । मृतक र घाईते सबै स्थानीय दशपल्ले मावि सोकटमा अध्यनरत छात्र छात्रा हुन् । 

घाईतेलाई उपचारका लागि चौरपाटी लगिएको साउदले जानकारी दिए । वडा नमवर ३ डुग्रीबाट वालुवा लिन वडा नम्वर २ तर्फ आउदै गरेको ट्याक्टरको अगाडीको भाग पल्टिदा च्यापिएर ज्यान गएको प्रहरीले जनाएको छ । ट्याक्टरमा ३०/४० विद्यार्थी चढेको बुझिएको छ ।




प्रतिक्रिया