काठमाडौं- आज बैशाख ५ गते बिहीबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
नेपालगञ्ज रङ्गशालामा ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य उद्घाटन भएको छ।
साढे २ वर्षीय बालिकालाई बलात्कार गर्दै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको बसुन्धराबाट प्रहरीले एक युवालाई पक्राउ गरेको हो। बालिकाको उद्धार गरी प्रहरीले स्वास्थ्य परिक्षणका लागि विपि स्मृति अस्पताल लगेको छ।
सरकारले प्रधानमन्त्री निवासको जग्गा खरिद बिक्रीमा संलग्न जोसुकै भएपनि कारबाही हुने दोहोर्याएको छ। ललिता निवासको जग्गा प्रकरणमा संलग्न जोकोहीलाई कारबाही हुने र पद र हैसियतले अनुसन्धानलाई प्रभावित नपार्ने सरकारको भनाई छ।
सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस पाँचै जनाको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रुपमा अनुमोदन भएको छ।
नेपाली सेनाले सैनिक आचार संहिताको प्रभावकारी कार्यान्वयनका ‘आचार संहिता सप्ताह’संचालन गर्न लागेको छ।
सरकारले विभिन्न उद्योग तथा जलविद्युत आयोजनाका लागि राष्ट्रिय वनक्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ।
समाचार लेखेकै कारण पक्राउ परेका पत्रकार अर्जुन गिरी साधारण तारिखमा रिहा भएका छन्। बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको एकल इजलासले पत्रकार गिरीलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको हो।
खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या छिट्टै समाधान गर्ने बताएकी छन्। बिहीबार काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले मेलम्ची खानेपानी आयोजनाको उचित व्यवस्थापन हुनेगरी अन्य कामलाई अघि बढाउन पनि मातहतका निकायलाई सचेत गराइन्।
राष्ट्रपति विद्यादेवी भण्डारी आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्न नेपालगञ्ज आइपुगेकी छिन्। राष्ट्रपति भण्डारी श्रीएयर लाइन्सको विमानबाट नेपालगञ्ज आइपुगेकी राष्ट्रपतिका प्रमुख सल्लाहकार भेषराज अधिकारीले जानकारी दिए।
गत मार्च १५ मा न्युजिल्यान्डले पीडादायी नरसंहार भोग्नुपर्यो। अतिवादी गोरा बन्दुकधारीले क्राइस्टचर्च सहरमा अवस्थित एक मस्जिदमा अन्धाधुन्ध गोली चलाउँदा मुस्लिम समुदायका कम्तीमा पचास जनाको ज्यान गयो। घटनामा थप पचासभन्दा बढी घाइते भए। शान्त जीवनशैली र सामाजिक सुरक्षाका दृष्टिले विश्वमै कहलिएको न्युजिल्यान्डका लागि त्यहाँकी प्रधानमन्त्री जसिन्दा आर्डेनले भनेझैं उक्त दिन साँच्चै इतिहासकै कालो दिन बन्न पुग्यो। त्यो दुःखद घटनासँगै न्युजिल्यान्ड प्रहरीले अहिलेसम्मकै घनीभूत अनुसन्धान थालेको छ।
आज मोर खेटुवामे मुसुवा मारे जाईकपरी (आज मेरो खेतमा मुसा मार्न जानुपर्ने हो) धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीका छेदुराम चौधरी गाउँका सबैको घरघरमा पुगेर निम्तो दिए।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरे पनि काठमाडौं उपत्यकामा भने खासै प्रभाव परेको छैन।
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरुले बसमा यात्रारत १४ जनाको हत्या गरेका छन्।
पोखरामा बम डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एकजना घाइते भएका छन्। पोखरा ३ स्थित गण्डकी प्रदेशसभा भवन नजिकै बम डिस्पोज गर्ने क्रममा बिहीबार बिहान कालिभन्ज्याङ गणका सैनिक अमलदार धर्मबहादुर थापा घाइते भएका हुन्।
नेपाली यू-१ क्रिकृट टोलीको दोस्रो पटक विश्वकप खेल्ने सपना अधुरै रहेको छ । मलेसियामा भएको यू-१९ विश्वकप छनोटमा नेपाल दोस्रो स्थानमा रहेपछि दोस्रो पटक विश्वकप खेल्ने नेपालको सपना अधुरै रहेको हो ।
नेकपाका महासचिव विष्णु पौडेल बालुवाटार जग्गा काण्डमा फसेपछि त्यसले पार्टीभित्र ठूलो भुइँचालो जाने संकेत दिएको छ।
भारतको तल्लो सदन लोकसभाका लागि विहीबार दोस्रो चरणको मतदान भइराखेकाे छ । भारतीय निर्वाचन आयोगका अनुसार ११ वटा राज्य र एउटा केन्द्र शासित राज्यमा ९५ स्थानका लागि बिहीबार मतदान भइरहेकाे हाे ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समुहले गरेको नेपाल बन्दको आशिंक प्रभाव परेको छ । काठमाडौं उपत्यकामा सामान्य प्रभाव देखिए पनि प्रदेश नम्बर ५ र कर्णली प्रदेशमा बन्दले जनजीवन प्रभावित बनाएको छ।
विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको निशानामा प्रदेश नं ५ मा ठूला लगानीमा संचालित उद्योग धन्दा र सरकारी कार्यालय परेका छन् ।
तामझामका साथ आठौं राष्ट्रिय खेलकुद प्रदेश न ५ मा हुँदैछ । विधिवत रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहीबार नेपालगन्जमा उद्घाटन गर्ने उक्त प्रतियोगिताका विभिन्न खेलकुदहरु विधागत रुपमा चैत्र २७ गतेदेखी नै विभिन्न जिल्लामा सुचारु भइसकेका छन् ।
नेपालले आफ्नो पहिलो भू–उपग्रह (नानो स्याटेलाइट) अन्तरिक्षतर्फ पठाइएको छ । ‘नेपाली स्याट–१’ नाम राखिएको भू–उपग्रह आज (बिहीबार) बिहान २ः३१ मा अन्तरिक्षतर्फ पठाइएको हो ।
अब गर्मी मौसम सुरु भएको छ। गर्मीका कारण कामकाजी मानिस थकानमा पर्छन्। मानिसलाई थकान र आलस्य महसुस हुनु सामान्य हो। शरीरमा पर्याप्त मात्रामा ऊर्जा नहुँदा यस्ता समस्या आउन सक्छन्। निरन्तर रुपमा काम गर्दा, हिँड्दा, लामो समयसम्म अध्ययनमा संलग्न हुँदा, अनिँदो हुँदा मानिसलाई थकाइ लाग्छ। थकानबाट कसरी मुक्ति पाउने त ?
भकारी इभेन्टस प्रालिको प्रस्तुति गुरुङ चलचित्र ‘सवन मु’तनहुँमा प्रदर्शन हुने भएको छ। निर्माण पक्षले बुधवार दमौलीमा पत्रकार सम्मेलन गरी यही बैशाख १४ र दमौलीमा २८ गते तनहुँको दुलेगौडाँमा चलचित्र प्रदर्शन हुने जनाएको हो।
बलिउड सुपरस्टार सलमान खानको आगामी फिल्म ‘भारत’ को तीन पोस्टर सार्वजनिक भएका छन्। उनका यी तीन पोस्टरमार्फत सार्वजनिक लुकलाई शुभचिन्तकले निकै रुचाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४