आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता : खेलाडीलाई पिउने पानी समेत छैन

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/rastriya_khelkud.jpg

भैरहवा- तामझामका साथ आठौं राष्ट्रिय खेलकुद प्रदेश न ५ मा हुँदैछ । विधिवत रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहीबार नेपालगन्जमा उद्घाटन गर्ने उक्त प्रतियोगिताका विभिन्न खेलकुदहरु विधागत रुपमा चैत्र २७ गतेदेखी नै विभिन्न जिल्लामा सुचारु भइसकेका छन् ।

आठौं राष्ट्रिय खेलकुद सम्पन्न गर्नका लागी सरकारले ४२ करोड भन्दा बढी बजेट छुट्याइएको छ । तर सोही खेलकुद अन्तर्गत बुधबारदेखी रुपन्देहीमा सन्चालित क्रिकेट खेल तर्फको पुरुष क्रिकेट प्रतियोगिताका खेलाडीहरुलाइ भने पिउने पानीको समेत व्यवस्था गरिएको छैन ।
 
गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५ , शसस्त्र प्रहरी, नेपाल प्रहरीको विभागीय टीमको प्रतिसपर्धा रहने पुरुष तर्फको क्रिकेट प्रतियोगिता रुपन्देहीको सिद्धार्थ रंगसालामा बुधबारदेखी शुरु भएको हो । फील्डमा टिमलाइ जिताउन ज्यान फालेर खेल्ने खेलाडीहरु खेल खेलिसकेपछि पीउने पानी नहुदां निराश र हतोत्साही भएका छन् । 

चार दिनसम्म चल्ने ५ वटा टिमको सहभागीता रहेको राष्ट्रिय क्रिकेट प्रतियोगिता सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषदले २० हजार उपलब्ध गराएको छ । सोही रकमबाट स्थानिय आयोजकले जसरी पनि उक्त प्रतियोगिता सम्पन्न गर्नुपर्ने बाध्यताको कारण खेलको न प्रचार प्रसार भएको छ न त उचित व्यवस्थापन नै । 

राष्ट्रिय खेलकुद परिषदले झारा टार्ने किसीमले प्रतियोगिता गरिरहेको पुर्व राष्ट्रिय खेलाडी धर्मराज गिरीले आरोप लगाए । क्रिकेट संघ रुपन्देहीका पुर्व उपाध्यक्ष समेत रहेका गिरीले भने , 'यसरी पनि राष्ट्रिय खेलकुद प्रतियोगिता हुन्छ । खेलाडीले पीउने पानी समेत छैन । ग्लुकोजको त कुरै छाडौं । '

स्थानिय आयोजक समिती सदस्य समेत रहेका गिरीले राखेपप्रति आक्रोस व्यक्त गर्दै भने , 'आजदेखी खेलकुद छ, मलाई अघिमात्रै सदस्यमा मनोनयन गरेको पत्र दिएको छ । रुपन्देहीमा धेरै क्रिकेट खेलाडी छन्। धेरै क्लब छन् । कसैलाई जानकारी छैन । सबै  अस्तव्यस्त छ । '



https://www.nicasiabank.com/
राष्ट्रिय खेलकुद प्रतियोगिता भएता पनि राखेपको जिम्मेवार व्यक्ति बुधबार विहान उद्घाटन खेलमा मात्रै सहभागी हुन आएका थिए । राखेपका कोषाध्यक्ष शैलेश कर्माचार्य केहीबेर सिद्धार्थ रंगसालामा बसेर उनी पनि नेपालगन्ज तर्फ लागेका छन् । हामीले उनलाई फोन सम्पर्क गरेर राखेपको आयोजनामा भएको खेलकुदमा कोही पनि प्रतिनिधी छैनन नी , तपाई पनि हिड्नु भएछ भनी सोधेका थियौ । उनले भने , 'म नेपालगन्ज पुग्नुपर्ने भएको हुदां हिडेको हुं । सबै जिम्मा जिल्लालाई दिएका छौं । '

कोषाध्यक्ष कर्माचार्यले राखेपले आठौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न ४२ करोड माग गरिएकोमा २२ करोड निकासा भएको बताउदैं उक्त रकम प्रदेश स्तरीय खेलकुद र अन्य कार्यक्रम गर्दा सकिसकेको हुदां हाल आर्थिक अभाव भएको बताए । उनले भने , 'हामीले जे जति रकम छ त्यो जिल्ला मार्फत पठाएका छौं । केही आर्थिक संकट छ तर पनि साथीहरुले व्यवस्थापन गरिरहनुभएको छ । '

राखेपले रुपन्देहीमा सन्चालित पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न गर्नकोलागी जम्मा २० हजार रुपैयां प्रदान गरेको बुझिएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालागी ४२ करोड माग गरिएको भएता पनि भैरहवामा सन्चालित क्रिकेट प्रतियोगिताको म्यान अफ म्याचकोलागी दिईने ट्रफी किन्ने पैसा समेत अपुग हुदां सौजन्य खाजेको स्थानिय व्यवस्थापनका खटिएका सदस्यले बताए ।
 
राखेपले दिएको २० हजार रकम मध्ये दुई दिन पम्पसेट चलाउदा १२ हजार खर्च भएको, घास काट्दा ३ हजार खर्च भईसकेको छ । बाकी रहेको ५ हजारले उक्त प्रतियोगिता कसरी सम्पन्न गर्ने भन्ने स्थानिय व्यवस्थापन समितीलाई सकस परेको देखिन्छ । अर्कोतर्फ उक्त प्रतियोगितामा १० जना रेफ्री र ९ जना सहयोगी गरी १९ जनाले अफीसियलको काम गरिरहेकोमा राखेपले १५ जनालाई मात्रै भत्ता दिने भन्दा बाकी ४ को व्यवस्थापन कसरी गर्ने भन्ने चुनौति पनि स्थानिय व्यवस्थापन समितीलाई परेको छ । 

प्रतियोगिता स्थलमा खेलाडी, अफीसियल र  व्यवस्थापन समितीका २, ४ जना सदस्य बाहेक फील्डमा अरु कोही पनि छैनन । न कमेन्टर छन नत दर्शक नै । खेलाडीहरु गाउघरमा हुने टोल स्तरीय प्रतियोगिता जस्तै सुनसान तरीकाले खेल खेलिरहेका छन् । अफीसियल को हुन् भनेर पहिचान गर्ने पोशाक तथा ट्याग समेत छैन । फील्डमा भेटिएका प्रतियोगिको रुपमा रेहको विभागीय टोली एपीएफका कप्तान बसन्त गौचनले पहिलो दिन भएकोले केही समस्या देखिएको भोली देखी सुधार हुने अपेक्षा व्यक्त गरे । 

प्रतियोगिता सम्पन्न गर्नकोलागी जिल्ला क्रिकेट संघले ३ महिना पहिले नै विभिन्न आवश्यक साधन स्रोत लेखि पठाएको भएता पनि खेलकुद शुरु हुदाको दिन सम्म बाउन्डरी रोप र पीच कभर मात्रै आएको क्रिकेट व्यवस्थापन समिती संयोजक प्रशान्त विक्रम मल्लले बताए । उनले भने , 'हामीले माग गरेका मध्ये केही सामग्री आएका छन्  । तर जसरी पनि हामीले खेलकुद प्रतियोगिता सम्पन्न गराएरै छाड्छौ ।' 

रुपन्देहीमा आजदेखी भैरहवामा क्रिकेट शुरु भएको छ । यसैगरी बुटवलको एन्फा एकाडेमीमा फुटबल , बुटवलमै टेनिस र भोलीदेखी भैरहवामा ताईक्वान्दो अन्र्तगतका प्रतियोगिता हुनेछन् । यसैगरी कपिलवस्तुमा कुस्ती प्रतियोगिता भएको छ । प्रतियोगिता खेलाडीहरुकै बीचमा सीमित भएको छ । 
 

प्रतिक्रिया