‘सवन मु’ तनहुँमा प्रदर्शन हुँदै 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/April/Tamu_movie.jpg

तनहुँ – भकारी इभेन्टस प्रालिको प्रस्तुति गुरुङ चलचित्र ‘सवन मु’तनहुँमा प्रदर्शन हुने भएको छ। निर्माण पक्षले बुधवार दमौलीमा पत्रकार सम्मेलन गरी यही बैशाख १४ र दमौलीमा २८ गते तनहुँको दुलेगौडाँमा चलचित्र प्रदर्शन हुने जनाएको हो। 

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका लेखन÷निर्देशक कृष्णकुमार गुरुङले चलचित्रमा २०३६ सालदेखि २०४६ साल अवधि भएका राजनीतिक परिवर्तन र तत्कालीन समयमा गुरुङ समुदायमा परेको मनोवैज्ञानिक प्रभावलाई मुख्य विषयवस्तु बनाको कथा रहेको जानकारी दिए। उनका अनुसार चलचित्रमा १५ प्रतिशत मात्र संवादको प्रयोग गरिएको छ। ‘हामीले संवादलाई भन्दा आर्ट अफ फिक्सनलाई बढी प्रथामिता दिएका छौँ’, उनले भने, ‘गुरुङ भाषाको भनिए पनि सबैले सजिलै बुझन सक्ने गरी आर्टको प्रयोग गरेका छौ।’

निर्देशक गुरुङका अनुसार चलचित्र ९५ प्रतिशत कथावस्तु २०३६ देखि एक दशकको समयावधिमा गुरुङ समुदायमा परेको सामाजिक प्रभावमा आधारित छ। फिल्ममा ५ प्रतिशत प्रेमको कथा वस्तु पनि समेटिएको छ। विगतलाई नयाँ पीडि सामु छर्लङ्ग पार्न र कला, संस्कृतिमा भित्रिएका विकृति, विसंगतीको विश्लेषणात्मक अध्ययनको उद्देश्यले चलचित्र निर्माण गरेको उनको भनाई छ। 
https://www.nicasiabank.com/

फिल्ममा पर्वत जिल्लाको देउपुर र लाङदी गाउँको परिवेशमा छायांकन गरिएको छ। चलचित्र २ घण्टा ३१ मिनेटको रहेको छ। फिल्मलाई पोखरा, दमौली, दुलेगौडामा प्रदर्शन पश्चात क्रमश चितवन, नवलपरासी, बुटवल, काठमाडौं र नेपाल बाहेक विभिन्न मुलुकमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको निर्देशक गुरुङले जानकार दिए। करिब ३५ लाखको लगातमा निर्माण सम्पन्न भएको चलचत्रिले लगानी उठाएर राम्रो कमाई गर्ने निर्माताहरुले दावी छ। 

चलचित्रमा निशा गुरुङ, विश्वात्मा गुरुङ,तारा गुरुङ, बिष्णु गुरुङ, राम बहादुर गुरुङ,दिपा गुरुङ, डि बि गुरुङ,पूर्ण गुरुङ, आमिर गुरुङ,गल गुरुङ, राजेन्द्र थापा, कमल भुजेल,सचिन थापा, अनिता गुरुङ बाल कलाकार आरुशी गुरुङ लगायत १४ जना कलाकारहरुको अभिनय देख्न सकिने छ। रामबहादुर तमु (पोखरा), दिपा तमु (हङकङ) र प्रेमबहादुर तमु निर्माता रहेको चलचित्रको प्रोडक्सन कन्ट्रोलरमा पूर्ण तमु र अनिता तमु, निर्माण व्यवस्थापकमा मिनु तमु र सपना तमु, कार्यालय सहायकमा श्रुतिका तमु रहेका छन्।

प्रतिक्रिया