लकडाउनका कारण सैलुन बन्द भएपछि नाइ श्रमिकहरु परिवारको खर्च जुटाउन समस्या परेको बताउँछन्। अब पनि व्यवसाय सञ्चालन नभए गुजारा गर्न नसकिने उनीहरुको भनाइ छ।
एजेन्सी– स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले लेगानेसलाई २–० को गोल अन्तरले हराएको छ। बार्सिलोनको मैदान क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टिमले दुई गोलको अग्रतासँगै खेल जितेको हो।
अधिकांश ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुनेछ भने प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
कोरोना भाइरस महामारीको बीचमा तालाबन्दी प्रतिबन्धले श्रम बजारमा पारेको व्यापक प्रभावका कारण तलव आधारमा काम गर्ने छ लाख कामदारले रोजगारी गुमाएका राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले बताएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस सङ्क्रमण महामारी विरुद्धको सङ्घर्षमा देखिएको अर्कमण्यता, भ्रष्टाचार र गैरजिम्मेवार प्रवृत्तिका विरुद्ध मंगलबार स्वदेश र विदेशका १२० स्थानबाट प्रधानमन्त्रीलाई विशेष ज्ञापनपत्र बुझाएको छ ।
सस्तो र सजिलै उपलब्ध हुनसक्ने औषधि डेक्सामेथासोनले कोरोना भाइरस संक्रमणका गम्भीर विरामीको ज्यान बचाउनमा सहयोग पुर्याउने बेलायती वैज्ञानिकहरुले दाबी गरेका छन्।