सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउन खुकुलो भएसँगै ब्राजिलमा कोरोना संक्रमण तीव्र

लकडाउन खुकुलो भएसँगै ब्राजिलमा कोरोना संक्रमण तीव्र

दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोना भाइरसको संक्रमण फैलिने क्रम तीव्र बन्दै गइरहेको छ।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोना भाइरसको संक्रमण फैलिने क्रम तीव्र बन्दै गइरहेको छ।

लामो समयको लकडाउन खुकुलो बनाइएपछि त्यहाँ संक्रमण झन् बढेको छ। विश्व स्वास्थ्य संगठनले लकडाउनमा छुट नदिन आग्रह गर्दै आएकोमा त्यसलाई अटेर गर्दै ब्राजिलले लकडाउनमा छुट दिएको छ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा करिब ३७ हजार संक्रमित थपिएका छन्। त्यहाँ हालसम्म संक्रमितको संख्या ८ लाख ६७ हजार ६२४ पुगिसकेको छ। त्यस्तै ४३ हजार ३३२ जनाको मृत्यु भएको छ।

संक्रमण र मृत्यु दुवै हिसाबमा ब्राजिल अमेरिकापछि सबैभन्दा बढी प्रभावित मुलुक हो।

प्रकाशित: Jun 17, 2020| 07:15 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।