सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा दैनिक ३ लाखको कोरोना परीक्षण, मृतकको संख्या १० हजार नाघ्यो

भारतमा दैनिक ३ लाखको कोरोना परीक्षण, मृतकको संख्या १० हजार नाघ्यो

भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। त्यसैगरी संक्रमितको संख्या ३ लाख ४३ हजारभन्दा बढी पुगेको छ।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। त्यसैगरी संक्रमितको संख्या ३ लाख ४३ हजारभन्दा बढी पुगेको छ।

भारतमा कोरोनाबाट संक्रमित र मृत्यु हुने क्रम बढ्दो क्रममा छ।

त्यहाँ हरेक दिन करिब ३ लाखको कोरोना परीक्षण हुन्छ।

मंगलबार त्यहाँ १० हजारभन्दा बढी संक्रमित थपिएका छन्। लगातार १० हजारभन्दा बढी संक्रमित थपिएको यो पाँचौं पटक हो। संक्रमणका हिसाबले भारत विश्वको आठौं नम्बरमा आउँछ।

भारतमा परीक्षणको दायरा बढाउन लक्षण देखिएका र सम्भावित सबैको परीक्षण गर्ने गरिएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका ९०७ वटा प्रयोगशालामा कोरोना परीक्षण हुन्छ।

अहिलेसम्म भारतमा करिब ६० लाख नमुनाको परीक्षण भइसकेको छ।

नवभारत टाइम्स

प्रकाशित: Jun 17, 2020| 08:04 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।