सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकाका ६ राज्यमा कोरोना संक्रमण उच्च, ट्रम्प भन्छन्– परीक्षण गरेपछि संक्रमण देखिनु स्वाभाविक

अमेरिकाका ६ राज्यमा कोरोना संक्रमण उच्च, ट्रम्प भन्छन्– परीक्षण गरेपछि संक्रमण देखिनु स्वाभाविक

अमेरिकाका ६ वटा राज्यमा एक दिनमा अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिएका छन्।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

अमेरिकाका ६ वटा राज्यमा एक दिनमा अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिएका छन्।

National life

टेक्सस, फ्लोरिडा, ओक्लाहोमा, एरिजोना, नेवाडा र ओरेगन राज्यमा मंगलबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित फेला परेका हुन्।

केही स्वास्थ्य अधिकारीहरुले बजार खोलिएका कारण कोरोना संक्रमित बढेको बताएका छन्। टेक्सासले गभर्नरले भने परीक्षण बढाइएका कारण संक्रमितको संख्या बढी देखिएको बताएका छन्।

उता, ओरेगनमा एक चर्चका कारण २ सयभन्दा बढी संक्रमित भएको बताइएको छ। ६ राज्यमा फैलिएको संक्रमणका कारण अमेरिकामा कोरोनाको दोस्रो लहर सुरु भएको भन्दै चिन्ता व्यक्त गरिएको छ।

तर, अमेरिकी राष्ट्र«पति डोनाल्ड ट्रप्मले भने यस कुराको इन्कार गरेका छन्। परीक्षण कम गर्ने हो भने एकदमै कम संक्रमण देखिने उनले बताएका छन्।

 

प्रकाशित: Jun 17, 2020| 09:40 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।