सोमबार, भदौ ८, २०८३

७२ घण्टामा बनेको अस्पताल मर्मतको लागि बन्द गरियो

७२ घण्टामा निर्माण गरिएको भन्दै चर्चामा आएको भरतपुर कोरोना विशेष अस्पताल बन्द भएको छ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

काठमाडौं– ७२ घण्टामा निर्माण गरिएको भन्दै चर्चामा आएको भरतपुर कोरोना विशेष अस्पताल बन्द भएको छ।

मंगलबार अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै निर्माणको लागि केही समय बन्द गरिएको जनाएको हो। तर कहिलेदेखि खुल्ने खुलाइएको छैन।

अस्पतालमा भर्ना भएका १८ जना कोराना संक्रमितलाई शनिबार र आइतबार भरतपुर अस्पतालमा सारिएको थियो।

अस्पतालबाट हालसम्म चारजना संक्रमित डिस्चार्ज भएका छन्। चितवन उद्योग वाणिज्य संघको प्रदर्शनी कक्षमा बनाइएको अस्थाई अस्पतालमा १० शैय्याको आईसीयू सहित ७५ वटा आइसोलेसन बेड छन्।

७ चैतमा अस्पताल तयार भएको भए पनि सञ्चालन भने चैतको अन्त्यतिर गरिएको थियो। स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूरा नभएको कारणले अस्पताल मर्मत गर्न लागिएको जनाइएको छ।

यसअघि १५ वैशाखमा अस्पतालका केही कर्मचारीले सामान चोरेको सीसीटीभी भिडियो सार्वजनिक भएको थियो। उनीहरूलाई अहिलेसम्म कुनै कारबाही भएको छैन।

प्रकाशित: Jun 16, 2020| 22:26 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।