सोमबार, भदौ ८, २०८३

शम्भु सदा मृत्यु प्रकरण : सात दिनपछि पोस्टमार्टम

इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा मृत भेटिएका शम्भु सदाको शवको सात दिनपछि पोस्टमार्टम गरिएको छ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

जनकपुरधाम- इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा मृत भेटिएका शम्भु सदाको शवको सात दिनपछि पोस्टमार्टम गरिएको छ।

सरकारी वकिल कार्यालयमा दुई वडाध्यक्षसहित सात जनाविरुद्ध किटानी जाहेरी दर्ता भएपछि प्रादेशिक अस्पताल जनकपुरमा मंगलबार पोस्टमार्टम भएको हो।

यसअघि जिल्ला प्रहरी कार्यालयले किटानी जाहेरी दर्ता गर्न नमानेको र पोस्टमार्टममा सिरहाका दलित समुदायका चिकित्सक दिलीप सदालाई सहभागी नगराइएको भन्दै पीडित परिवारले पोस्टमार्टम गराउन मानेका थिएनन्।

किटानी जाहेरी दर्ता भएपछि प्रादेशिक अस्पताल जनकपुरका पाँचजना चिकित्सकको समूहले पोस्टमार्टम गरेको बताइएको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले शम्भुको शवको पोस्टमार्टम भएको बताए। पोस्टमार्टम ढिलो भएकाले परिवारले बुधबारमात्रै शव बुझ्ने बताएका छन्। पोस्टमार्टमको रिपोर्टका आधारमा घटनाको छानबिन हुने निरौलाले बताए।

पीडित परिवारजनले प्रहरी हिरासतमा शम्भुको हत्या भएको भन्दै न्यायिक छानबिन समिति गठन गरी छानबिन गर्न माग गर्दै आइरहेको छ।

शवको पोस्टमार्टमपछि धनुषाका प्रमुख जिल्ला अधिकारी निरौला, प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंह र पीडित परिवारबीच तीन बुँदे सहमति भएको छ।

सहमतिमा घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय धनुषाका अधिकृत गणेश मिश्रको संयोजकत्वमा गठित छानबिन समितिमा एक मानवअधिकारकर्मी र एक जना कानुन व्यवसायीलाई आमन्त्रित सदस्यका रुपमा राखिनेछ।

मृतक परिवारलाई राहतका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले यथाशीघ्र पहल गर्ने र पीडित परिवारको शान्तिसुरक्षाको तत्काल उचित प्रवन्ध जिल्ला प्रशासन कार्यालय धनुषाले गर्ने सहमति भएको छ।

प्रकाशित: Jun 16, 2020| 22:20 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।