शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • चिनियाँ सेनासँगको भिडन्तमा ज्यान गुमाउने भारतीय सैनिकको सङ्ख्या २० पुग्यो

चिनियाँ सेनासँगको भिडन्तमा ज्यान गुमाउने भारतीय सैनिकको सङ्ख्या २० पुग्यो

लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको सङ्ख्या २० पुगेको भारतीय सेनाले जनाएको छ।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

काठमाडौं- भारतको लद्दाखमा चिनियाँ सैनिकसँग भएको भिडन्तमा मारिने भारतीय सैनिकको सङ्ख्या २० पुगेको छ।

National life

भारतीय सेनाले मंगलबार राति जारी गरेको वक्तव्यअनुसार चिनियाँ सेनासँग सोमबार राति भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकको मृत्यु भएको छ। शून्य डिग्री सेल्सिअसभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा लागेका चोटका कारण उनीहरूकाे मृत्यु भएको बताइएको छ।

यसअघि मंगलबार गलवान क्षेत्रमा भएको भिडन्तमा एक कर्नेलसहित तीन भारतीय सैनिकको ज्यान गएको भारतीय सेनाले पुष्टि गरेको थियो। 

मृत्यु हुनेमा १६ बिहार रेजिमेन्टका कमान्डिङ अफिसर कर्नेल बी सन्तोष बाबु, ८१ फिल्ड रेजिमेन्टका हवलदार के पलानी र १६ बिहार रेजिमेन्टका सिपाही सुनिलकुमार झा रहेको समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ। 

योसँगै उक्त घटनामा ज्यान गुमाउने भारतीय सैनिकको सङ्ख्या २० पुगेको छ।

Laxmi sunrise bank
kumari

चिनियाँ पक्षबाट भारतीय सेनासँग भएको हिंसात्मक भिडन्तमा आफ्ना कति सैनिक हताहत भए भन्नेबारे कुनै विवरण सार्वजनिक भएको छैन।

लद्दाखमा भारतले निर्माण गरेको एउटा सडकबारे चीनले आपत्ति जनाएपछि दुवै पक्षबीच विवाद उत्पन्न भएको हो।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतीय सैनिकले सीमा नाघेर चिनियाँ सैनिकलाई आक्रमण गरेका कारण दुई पक्षबीच गम्भीर शारीरिक संघर्ष भएको बताएका छन्।

चीनले आफ्नो पक्षमा भएको क्षतिको पुष्टि नगरे पनि भारतीय सेनाले चिनियाँ सैनिक पनि हताहत भएको दाबी गरेको छ।

भारतीय पक्षले भने केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको दाबी गरेको छ।

चीनको ग्लोबल टाइम्स पत्रिकाका अनुसार चिनियाँ विदेश मन्त्रालयले विद्यमान विवाद वार्ताबाट समाधान गर्न दुवै देश तयार भएको जनाएको छ।

भारतीय सेनाको वक्तव्यमा गलवान इलाकामा अहिले संघर्षविराम भएको पनि उल्लेख छ।

विवाद कहिलेदेखि

भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव छ। सन् १९६२ मा भएको युद्धमा भारतले नराम्रो पराजय व्यहोर्नु परेको थियो । 

त्यसपछि सन् १९७५ मा अरुणाचल प्रदेशको सीमा क्षेत्रमा भएको झडपमा चार भारतीय सैनिक मारिएको घटनापछि चीन-भारत सीमामा भारतीय सैनिक मारिएको यो पहिलो घटना हो ।

चीनले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र हडपेको भारतीय पक्षकाे आरोप छ। सीमा विवादबारे दुई देशबीच तीन दशकमा पटकपटक वार्ता भए पनि समाधान निस्किएको छैन।

गत मेमा दुई देशका सेनाबीच सिक्किमको सीमामा पनि भिडन्त भएको थियो।

प्रकाशित: Jun 17, 2020| 00:02 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।