शनिबार, फागुन ३०, २०८२

कोरोनाका कारण बेलायतमा ६ लाखले रोजगारी गुमाए

कोरोना भाइरस महामारीको बीचमा तालाबन्दी प्रतिबन्धले श्रम बजारमा पारेको व्यापक प्रभावका कारण तलव आधारमा काम गर्ने छ लाख कामदारले रोजगारी गुमाएका राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले बताएको छ।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

कोरोनाका कारण बेलायतमा ६ लाखले रोजगारी गुमाएकोरोना भाइरस महामारीको बीचमा तालाबन्दी प्रतिबन्धले श्रम बजारमा पारेको व्यापक प्रभावका कारण तलव आधारमा काम गर्ने छ लाख कामदारले रोजगारी गुमाएका राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले बताएको छ।

National life

मेको प्रारम्भिक सूचकले सङ्केत गरेअनुसार बेलायतमा काम गर्ने कर्मचारीको सङ्ख्या २.१ प्रतिशतले घटेको छ । मार्चको तुलनामा यो सङ्ख्यामा छ लाख १२ हजार ले कमी आएको ओएनएसले जनाएको छ ।

ओएनएसको तथ्याङ्कमा मार्चदेखि मेसम्म बेलायतभरि अनुमानित चार लाख ७६ हजार रिक्त पदहरू थिए जुन अघिल्लो त्रैमासिक (डिसेम्बर २०१९ देखि फेब्रुअरी २०२०) को तुलनामा तीन लाख ४२ हजारले कम हो । यसलाई तथ्याङ्क कार्यालयले सन् २००१ पछिको रोजगारीमा ‘सबैभन्दा ठूलो त्रैमासिक गिरावट’ भनी रेकर्ड गरिएको छ ।

उल्लेखनीय कुरा के छ भने होटल, रेस्टुरेन्ट र खुद्रा स्टोर बन्द भएपछि सामाजिक दुरीका उपायबाट प्रभावित, ‘थोक, खुद्रा व्यापार र मोटर सवारी को मर्मत’ औद्योगिक क्षेत्रको रिक्त पदहरुमा यो त्रैमासिकमा ४९.९ प्रतिशतले गिरावट आएको छ र ‘आवास तथा खाद्य सेवा गतिविधि’ क्षेत्रमा ७०.७ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ ।
रासस

प्रकाशित: Jun 17, 2020| 07:28 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।