सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकीमा थप २१ जनामा कोरोना संक्रमण, संक्रमित सबै भारतबाट फर्किएका

गण्डकीमा थप २१ जनामा कोरोना संक्रमण, संक्रमित सबै भारतबाट फर्किएका

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस संक्रमण भएको छ। संक्रमण भएकामा २० पुरुष र एक महिला छन्।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

काठमाडौं- गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस संक्रमण भएको छ। संक्रमण भएकामा २० पुरुष र एक महिला छन्।

आज संक्रमण पुष्टि भएकामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको हुप्सेकोट गाउँपालिकाका १४ जना (पुरुष), मध्यविन्दु नगरपालिकाका दुई जना (पुरुष), सोही जिल्लाको स्थानीय तह नखुलेका एक (पुरुष), कावासोती नगरपालिकाका एक (पुरुष) छन्।

यस्तै अन्य संक्रमितमा पर्वत फलेबास नगरपालिकाका ३ जना (२ पुरुष र १ महिला) छन्। आज संक्रमित सबै भारतबाट फर्किएका हुन्।

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या २४७ पुगेको स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए। सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेका सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ।

प्रकाशित: Jun 17, 2020| 08:40 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।