देशभर मनसुनी वायुको प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बिहानेखि नै देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८७ लाख नाघेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ८७ लाख ८ हजार ८ पुगेको छ।
एजेन्सी– स्पेनिस ला लिगा अन्तर्गत गएरातिको जितसँगै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ। समान ६५ अंक रहेको बार्सिलोनालाई हेड टू हेडका आधारमा पछि पार्दै मड्रिड शीर्ष स्थानमा उक्लिएको हो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको सङ्क्रमण अवधिको लकडाउनमा बस्दा बालबालिका र महिला अझ बढी असुुरक्षित बन्दै गएकामा सरकारको ध्यानाकर्षण गराउन सङ्घीय संसदमा ध्यानार्कषण प्रस्ताव दर्ता गरेको छ ।
विदेशी महिलाले अंगीकृत नागरिकता पाउन लगातार ७ वर्ष नेपालमा बस्नुपर्ने प्रावधानसहितको नागरिकता ऐन संशोधन प्रस्तावविरुद्ध प्रदेश २ का विभिन्न जिल्लाहरुमा भएको छ।
नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने प्राबधानसहित संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता संशोधन विधेयक पारित भएको छ।