लक्ष्मी बैंकले दोहा बैंक दुबईबाट २० मिलियन अमेरिकी डलर अर्थात् दुई अर्ब ४० करोड रुपैयाँ बराबरको ऋण लिएको छ ।
लक्ष्मी बैंकले सो ऋण तीन वर्षका लागि प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्ने उद्देश्यले लिएको जनाएको छ ।
आइतबार भएको ऋण सम्झौतामा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा दोहा बैंकको नेपालस्थित नेपाल प्रमूख सुरज विक्रम शाहीको उपस्थितिमा हस्ताक्षर भएको हो।
ऋण लिनका लागि लक्ष्मी बैंकले नेपाल राष्ट्र बैंकबाट समेत स्वीकृति लिइसकेको बैंकद्धारा जारी विज्ञप्तिमा जनाएको छ । यो रकमबाट प्राथमिकता प्राप्त क्षेत्रमा ऋण प्रवाह गर्न बैंकलाई थप स्रोत प्राप्त भएको पनि बैंकले जानकारी दिएको छ।