शनिबार, फागुन ३०, २०८२

सामाजिक दूरीको समीक्षा गर्दै बेलायत

कोरोना भाइरसबाट बच्न अपनाइँदै आएको सामाजिक दूरीको नियमको समीक्षा गर्दै बेलयातले त्यसको विकल्पमा केही प्रस्ताव ल्याउने तयारी गरको छ।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

कोरोना भाइरसबाट बच्न अपनाइँदै आएको सामाजिक दूरीको नियमको समीक्षा गर्दै बेलयातले त्यसको विकल्पमा केही प्रस्ताव ल्याउने तयारी गरको छ।

National life

बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले सामाजिक दूरीको नियम दुई मिटर घटाउने प्रस्ताव यो हप्ता सरकारले ल्याउन सक्ने बताएका छन्।

उनले दुई जना मानिसबीच प्लाष्टिकको पर्दा राख्ने जस्ता प्रस्ताव ल्याउन सकिने बताएका छन् ।

यसअघि बेलायतका एक शीर्ष वैज्ञानिक तथा लन्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका प्राध्यापक पिटर पाएटले संक्रमणका लागि अपनाइएको क्वारेन्टिनको नियमलाई ‘बिलकुल बेकार’ भनेर टिप्पणी गरेका थिए।

इबोला र एचआईभीमा कामका लागि विश्वव्यापी रूपमा चिनिने वैज्ञानिकले संक्रमणको सुरुका दिनमा क्वारेन्टिन बस्ने नियम राम्रो भएको तर जुनको अन्तिममा यो नियमको समीक्षा हुने बताएका थिए । उनीहरुले सामाजिक दूरीका लागि दुई मिटरको दूरी र सार्वजनिक स्थानमा मास्क लगाउनु राम्रो भएको बताएका थिए ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Jun 22, 2020| 07:27 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।