सोमबार, असार २९, २०८३

सिरी ए मा इन्टरमिलानको जित

इटालियन सिरी ए मा इन्टरमिलान विजयी भएको छ। आइतबार राति घरेलु मैदानमा भएको खेलमा मिलानले साम्पडोरियालाई २-१ गोलले जितेको हो।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

इटालियन सिरी ए मा इन्टरमिलान विजयी भएको छ। आइतबार राति घरेलु मैदानमा भएको खेलमा मिलानले साम्पडोरियालाई २-१ गोलले जितेको हो।

मिलानको जितका लागि बेल्जियम स्ट्राइकर रोमेलु लुकाकु र मार्टिनेजले एक एक गोल गरे। साम्पडोरियाका लागि मार्टेन थोर्सबाइले एक गोल फर्काए।

खेलको १० औं मिनेटमा नै लुकाकुले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए। उनले क्रिस्टियन एरिक्सनको पासमा गोल गर्दै घरेलु टोलिलाई अग्रता दिलाएका थिए। त्यस्तै ३३ औं मिनेटमा मार्टिनेजले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे। उनले एन्टोनिओ क्यान्ड्रेवाको पासमा गोल गर्दै मिलानलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए।

दोस्रो हाफमा भने मिलानले गोल गर्न सकेन। ५३ औं मिनेटमा साम्पडोरियाका मार्टेनले गोल गर्दै खेलमा फर्किने संकेत देखाए। तर, त्यसपछि थप गोल गर्न नसक्दा मिलानले खेल २-१ गोलले जितेको हो।

जितसँगै मिलान ५७ अंकसहित तालिकाको तेस्रो स्थानमा यथावत् छ। पराजित सम्पडोरिया भने २६ अंक सहित १६ औं स्थानमा छ।

प्रकाशित: Jun 22, 2020| 07:51 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।