विराटनगर– प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७७ कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ६२, सुनसरीमा १४ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
शुक्रबार दिउँसो भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ निकोसेराको एक घरभित्रै ३ जनाको शव भेटिएको घटनामा पत्नी र छोराको हत्यापछि सुदिप अधिकारीले आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।