शुक्रबार, भदौ १२, २०८३

३५ लाखमा बिक्री गर्न लागेको कछुवासहित ५ जना पक्राउ

३५ लाखमा बिक्री गर्न लागेको दुर्लभ कछुवासहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
 |  शनिबार, भदौ २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २७, २०७७

काठमाडौं- ३५ लाखमा बिक्री गर्न लागेको दुर्लभ कछुवासहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडिबाट ५ जनालाई शनिबार पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा सुर्खेत भेरी गंगा नगरपालिका-२ बस्ने २५ बर्षको सर्वराज बुढा, नुवाकोट बेलकोटगढी नगरपालिका-५ बस्ने १८ वर्षीय सुरेन्द्र श्रेण्ठ र १९ वर्षीय प्रमोद बाँस्कोटा, काभ्रे नमोबुद्ध नगरपालिका–८ बस्ने २७ वर्षीय सन्तोष रम्तेल र रौतहट चन्द्रनिगाहपुर नगरपालिका–३ बस्ने १८ वर्षीय रुपेश तिमल्सिना रहेका छन्।

उनीहरुको साथमा रहेको पहेँलो रंगको दुर्लभ कछुवा पनि बरामद गरिएको छ। अनुसन्धानका लागि उनीहरुलाई महानगरीय प्रहरी वृत कालिमाटीमा राखिएको छ।

प्रकाशित: Sep 12, 2020| 16:45 शनिबार, भदौ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।