जम्मुको सम्भाग नियन्त्रण रेखासँग जोडिएको पुँछको घना जंगलमा लुकेर बसिरहेका चरमपन्थीहरुले बिहीबार राति भारतीय सेनामाथि आक्रमण गर्यो। उक्त आक्रमणमा दुई सैनिक मारिएका छन्।
गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बुटवलबाट तम्घास आउँदै गरेको लु १ ज ४४९० नम्बरको जिप दुर्घटना भएको हो।
पाँचवटा बाजाहरूको समूहलाई पञ्चेबाजा भनिन्छ। कुनै बेला चाडबाड नजिकिँदा होस् वा अन्य कुनै मेला पर्वमा बाजा घन्किन्थे। कर्णाली तथा सुदूरपश्चिममा घन्किने पञ्चेबाजा पहिलेजस्तै अहिले घन्किनै छोडेका छन्।
मौरीको घार बढ्दै गयो, ग्राहक थपिँदै गए। उनले हार्डवेयर पसलमा काम छाडेका थिएनन्। मौरीबाट पनि दह्रो कमाइ थिएन। पसलमा काम गर्न छाडेर बाँसबारीमा ‘हनी भिडियो’ नामक भिडियो पार्लर खोले।
हामी हाम्रो संस्कार र संस्कृतिबारे जानकार भए पनि ती संस्कार र सँस्कृतीका कारणबारे अनविज्ञ भयौं भने पुस्तान्तरणमा समस्या देखिन सक्छ। अहिलेका नयाँ पुस्तालाई हरेक कुराको कारण चाहिन्छ।