शुक्रबार, असोज २३, २०८३

माधुरी दीक्षितको जीवनमा 'तेजाब' कोशेढुंगा

अभिनेत्री माधुरी दीक्षितलाई नृत्यमा निपूर्ण मानिन्छ। उनले गर्ने नृत्य र त्यसमा दिने एक्सप्रेसनले दर्शक मोहित हुने गर्छन्।
 |  शुक्रबार, असोज २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २९, २०७८

काठमाडौं- अभिनेत्री माधुरी दीक्षितलाई नृत्यमा निपूर्ण मानिन्छ। उनले गर्ने नृत्य र त्यसमा दिने एक्सप्रेसनले दर्शक मोहित हुने गर्छन्। फिल्म ‘तेजाब’को गीत ‘एक दो तीन चार पाँच छे’मार्फत लोकप्रिय बनेकी माधुरी पछिल्लो समय ठूलो पर्दाको तुलनामा सानो पर्दामा सक्रिय छिन्। 

हाल डान्स दिवानेको तेस्रो सिजनमा निर्णायकको भूमिकामा रहेकी माधुरीको नृत्यको चर्चा राम्रो हुने गर्छ। उनको सुन्दरता र नृत्यको चर्चा पछिल्लो समय पनि उत्तिकै छ। उनले दिने एक्सप्रेसनले दर्शक मोहित हुने गरेका छन्। 

५४ वर्षीया माधुरीको सुन्दरताको चर्चा नगर्ने बलिउडमा सायदै छन्। यद्यपि सुरुवाती दिनमा माधुरीको नृत्य राम्रो थिएन। उनले नृत्य र एक्सप्रेसनलाई एकसाथ प्रयोग गर्न कोरियोग्राफर सरोज खानबाट सिकेकी हुन्। 

फिल्ममा आगमन

स्कुल र कजेल लाइफमा कहिले काहीँ स्टेजमा देखिएको माधुरीले कत्थक नृत्य गर्छु भन्ने सोचेकी थिइन्। माक्रोबायोलोजी अध्ययन गर्ने तयारीमा रहेकी माधुरीलाई कक्षा १२ मै ‘अबोध’ नामक फिल्मको अफर भयो। तर , उनको परिवार भने फिल्म खेलाउने मनसायमा थिएन। 

यसैबीच, एक पटक अफर गरिएको प्रोडक्सन हाउस राजश्रीमा जाने निर्णय परिवारले गर्‍यो। उनलाई राजश्री प्रोडक्सनमा काम गर्ने गोविन्द मुनेशले फिल्म अफर गरेका थिए। गोविन्दको छोरी र माधुरीको दिदीसँगै पढ्ने भएकोले राजश्रीसम्म कुरा पुगेको थियो। ‘त्यो समयमा राजश्रीले कलेज गर्ल खोजेको रहेछ। त्यसैले मुनेशजीले मलाई अफर गर्नुभयो। उहाँले एक पटक भेट्न कर गरे पछि हामी सपरिवार भेट्न पुग्यौँ’, माधुरीले भनिन्।

राजश्री प्रोडक्सनमा माधुरी र उनको परिवारलाई पारिवारिक माहोल लाग्यो। त्यसपछि फिल्ममा काम गर्ने सहमति जुट्यो। यद्यपि, ‘अबोध’ फिल्म सफल हुन सकेन, न त माधुरीलाई चिनाउन नै सक्यो। 

सरोजसँग सामिप्यता 

पहिलो फिल्ममार्फत नोटिस नभएकी माधुरीलाई चिनाउने गीत ‘तेजाब’ कै थियो। त्यो फिल्म रिलिजपछि उनले एअरपोर्टमा पहिलोपटक अटोग्राफ दिएकी थिइन्। तर, सुरुवाती समयमा त्यो गीत उनलाई खासै राम्रो लागेको थिएन।

‘सबैलाई गीत मन परेको थियो। म भने त्यो नम्बर भएको गीत किन राखेको होला भन्ने सोच्थेँ’, माधुरीले भनिन्। उनले गीतकै लागि कोरियोग्राफर सरोज खानसँग एक महिना प्रशिक्षण लिइन्। नृत्यमा राम्रो भए पनि क्यामरा अनुसारको नृत्यको लागि उनले एक महिना सिकेकी थिइन्। ‘त्यही प्राक्टिसको क्रममा मैले क्यामेरासँग फ्रेन्डली हुन सिकेँ’, उनले भनिन्। त्यसपछि उनले लगातार फिल्म गरिन्। एकपछि अर्को फिल्ममार्फत उनले आफूलाई सफल बनाउँदै अगाडि बढाइन्। 

उनले सरोजमार्फत पहिलो पटक त्यही गीतमा एक सय एक रुपैयाँ पाएकी थिइन्। ’त्यो रकमभन्दा पनि उनले मलाई दिएको आशिर्वाद थियो, जसले मलाई आगामी यात्रामा मेहनत गर्न प्रेरित गर्‍यो’, उनले भनिन्। 

त्यसपछि माधुरीले धेरै गीतमा सरोजसँग काम गरिन्। ’मलाई उहाँले गीतमा क्यामेरासँग जोडिन सिकाउनु भयो र मैले त्यसैलाई अगाडि बढाएँ’, माधुरी भन्छिन्। -न्युज कारखाना



प्रकाशित: Oct 15, 2021| 12:33 शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।