बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अमेरिकामा दुई वर्षीय बालकले गोली चलाउदा आमाको मृत्यु

अमेरिकामा दुई वर्षीय बालकले गोली चलाउदा आमाको मृत्यु

आफ्ना दुई वर्षीय सन्तानले अन्जानमा गोली चलाउँदा भएको हत्यामा फ्लोरिडाका एक बाबु शुक्रबार पक्राउ परेका छन्।
 |  शुक्रबार, असोज २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २९, २०७८

न्युयोर्क- आफ्ना दुई वर्षीय सन्तानले अन्जानमा गोली चलाउँदा भएको हत्यामा फ्लोरिडाका एक बाबु शुक्रबार पक्राउ परेका छन्। यही अगस्टमा छोराले गोली चलाउँदै भेओन्द्रे अभेरीकी श्रीमतीको ज्यान गएको थियो। आमा स्यामाया लिन भिडियो कलमा बोलिरहेका बेला ती बालकले गोली राखिएको बन्दुक चलाएका थिए। 

२२ वर्षीय अभेरीलाई हत्या अरोपमा प्रहरीले मुद्दा चलाएको छ। उनले सुरक्षित ढंगले हतियार राख्न नसकेकोसमेत प्रहरीले आरोप लगाएको छ। आरोपितको तर्फबाट कुनै वकिलले बहस गर्न नमानेको जनाइएको छ। 

उनीमाथि लागेको आरोप पुष्टि भएमा अभेरीलाई १५ वर्षसम्म कैद र १० हजार डलर जरिवाना हुन सक्ने जनाइएको छ। प्रहरीका अनुसार ११ अगस्टमा सो बन्दुक दम्पत्तीको बेडरुमबाट बालकले फेला पारेका थिए। 

बालकले बन्दुक लिएर आमातर्फ बढेको र गोली चलाएका थिए। उनी तत्कालै भुइँमा ढलेकी थिइन्। बालकले गोली चलाउँदा आमा आफ्ना सहकर्मीसँग बोलिरहेकी थिइन्। दुर्घटनाको समयमा उनका श्रीमान घरबाहिर थिए। -एजेन्सी 

प्रकाशित: Oct 15, 2021| 12:14 शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।