बिहीबार, भदौ ४, २०८३

ग्लोबल हंगर इन्डेक्समा नेपाल ७६ औं स्थानमा

नेपाल ग्लोबल हंगर इन्डेक्सको ७६ औं स्थानमा छ। ११६ मुलुकमा गरिएको अध्ययनअनुसार सन् २०२१ मा नेपाल र बंगलादेश समान ७६ औं स्थानमा छन्।
 |  शुक्रबार, असोज २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २९, २०७८

काठमाडौं– नेपाल ग्लोबल हंगर इन्डेक्सको ७६ औं स्थानमा छ। ११६ मुलुकमा गरिएको अध्ययनअनुसार सन् २०२१ मा नेपाल र बंगलादेश समान ७६ औं स्थानमा छन्। 

छिमेकी भारत १०१ औं स्थानमा छ भने पाकिस्तान ९२ औं स्थानमा । ग्लोबल हंगर इन्डेक्सको वेबसाइटमा दिइएको जानकारीअनुसार पाँचभन्दा कम जीएचआई स्करो राख्ने मुलुकहरु चीन, ब्राजिल, कुवेतसहित १८ मुलुक शीर्ष स्थानमा छन्। 

नेपालको जीएचआई स्कोर १९.१ छ। ५० जीएचआई स्कोर हुने मुलुकमा भोकमरीको समस्या चरम बिन्दुमा पुगेको मानिन्छ। कंगो, सोमालिया र चाडको जीएचआई स्कोर ५० भन्दा बढी छ।

ग्लोबल हंगर इन्डेक्सले विभिन्न मुलुकमा मानिसलाई खानाको परिकार र के कति खाना मिल्छ भन्ने विषयमा अध्ययन गर्ने गर्दछ। यही सूचकांकअनुसार विश्वका विभिन्न मुलुकमा सञ्चालन गरिरहेका भोकमरी हटाउने अभियान सफल अथवा असफल भएको निष्कर्ष निकाल्ने गरिन्छ। 

आयरल्यान्डको सहायता एजेन्सी कन्सर्न वल्र्डवाइड र जर्मनी संगठन बेल्ट हंगर हिल्कले मिलेर यो अध्ययन गर्ने गरेका छन्। रिपोर्टमा भारतमा भोकमरीको अवस्थाको विषयमा चिन्ता व्यक्त गरिएको छ। 

सन् २०२० मा विश्वभरका १०७ देशमा यसको अध्ययन गरिएको थियो। जसमा भारत ९४ औं स्थानमा थियो। 

प्रकाशित: Oct 15, 2021| 12:30 शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।