काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमा अम्बिकादेवी कार्कीको हातबाट विजया दशमीको टीका र जमरा ग्रहण गरेका छन्।
पुल्चोकस्थित मन्त्रीनिवासमा पञ्चाङ्ग निर्णायक समितिले तय गरेको शुक्रबार बिहान १०:०२ बजेको शुभ साइतमा आमा अम्बिका देवीको हातबाट सञ्चारमन्त्री कार्कीले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्।