बिहीबार, मंसिर १८, २०८२

मधेसमा पनि दसैं टीकाको उल्लास

पहाडी समुदायले मनाउँदै आएको दसैं मधेसका मधेसी समुदायले समेत मनाउन थालेका छन्।
 |  शुक्रबार, असोज २९, २०७८

जियालाल साह

जियालाल साह

शुक्रबार, असोज २९, २०७८

पर्सा- पहाडी समुदायले मनाउँदै आएको दसैं मधेसका मधेसी समुदायले समेत मनाउन थालेका छन्। जसरी मधेसी समुदायले मात्रै मनाउँदै आएको छठपर्व पहाडी समुदायमा समेत मनाउन थालियो त्यसरी नै तराई मधेसमा मधेसी समुदायले समेत मनाउन थालेको हो। मधेसको संस्कृति पहाडमा र पहाडको संस्कृति तराईमा साटासाट हुनु राष्ट्रिय भाइचारा वृद्धि हुने प्रज्ञा प्रतिष्ठानका प्राज्ञा तथा भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्विवेद्वी बताउँछन्।

National life

अध्यक्ष द्विवेद्विले भने, 'यस पहिचानलाई फराकिलो गर्दै टिका ग्रहण तथा मान्यजनबाट आर्शिवाद लिने परम्परा मधेसमा बढ्दै गएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूणिर्मा सम्म मनाउने यो पर्व नेपालको सबै भागमा मनाइने राष्ट्रिय चाड भएको छ।' 

नवरात्रिको नवदिन फलाहार गरेर कपाल नकाट्ने, अनुहार नहेर्ने, नङ नकाट्ने निराहार बसेर भगवति माताको पूजा गर्ने गर्दछ।  मधेसमा मन्दिरमा ढोग्ने गरेको र जनईलाई धारण गर्ने गरिन्थ्यो तर अहिले दुबै समुदायले एक अर्काको घरमा पुगेर दसैं टिका थाप्ने गरेको छ। 

नवमीको दुवै भुगोलमा आ-आफ्नै विशेषता छ। पहाडमा मनाउने दसैं उत्सव र चाडपर्वको हिसाबले पहाडि समुदायले मनाउने गर्दछ भने, मधेसमा भिन्‍न खालको दसैं मनाउने गरिन्छ। तराई मधेसमा निराहार ब्रत बसेर तपस्याको रुपमा मनाउने गरिन्छ।

नवरात्रिको नवदिन फलाहार गरेर कपाल नकाट्ने, अनुहार नहेर्ने, नङ नकाट्ने निराहार बसेर भगवति माताको पुजा गर्ने गर्दछ। मधेसमा मन्दिरमा ढोग्ने गरेको र जईलाई धारण गर्ने गरिन्थ्यो तर अहिले दुबै समुदायले एक अर्काको घरमा पुगेर दसैं टिका थाप्ने गरेको छ। दसैं माता भवानी कै पुजा भएकाले तराई मधेसको अलग्गै यसको पहिचान रहेको उनको भनाई छ। टिकामा महाकालि, महालक्ष्मी र महासरस्वतिको पुजा अराधनाले यस पर्व मनाउने गरेकाले आजको दिन विशेष रहेको अध्यक्ष उमाशंकर द्विवेदिले बताए।

आश्विन शुक्ल प्रतिपदामा जमरा राखी नवमीसम्म दुर्गासप्तशती चण्डी पाठ गरि नव दुर्गा र तृशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आजा गरिन्छ। विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावनमाथी विजयी हासिल गरेको उपलक्ष्यमा र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने चलन छ।

Laxmi sunrise bank
kumari

शान्ति र सद्भावको सन्देश बोकेर आउने दसैं पर्वले सम्पुर्ण हिन्दु नेपालीहरुलाई साच्चिकै शान्तिको अनुभुति दिलाउने गर्दछ। कोरोना महामारीको दुईवर्ष पछि यसवर्ष आफन्तबाट टाढाटाढा रहेका परिवारका सदस्यहरु आफ्नो जन्मस्थलो र आफन्त भेट्ने तथा मान्यजनबाट टीका र जमराका साथ आशीर्वाद लिन पाएकोमा असाध्यै खुसी देखिन्छ। 


प्रकाशित: Oct 15, 2021| 13:18 शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।