सर्लाहीमा शनिबार बेग्लाबेग्लै दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ। करेन्ट लागेर दुई जनाको र एक बालकलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सुर्खेतबाट काठमाडौंतर्फ आउँदै गरेको ना६ख १४७१ नम्बरको यात्रुबाहक बसमा आइतबार बिहान दुई बजे पृथ्वी राजमार्गअन्तर्गत गजुरी बजारमा एक्कासी आगलागी भएको धादिङ प्रहरीले जनाएको छ।
देशका केही भूभागमा आज पनि वर्षा हुने भएको छ। नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेकाले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने बागमती र गण्डकी प्रदेशका केही...
प्रधानमन्त्री शेरबहादुर देउवा पूर्व आउँदै छन्। सोमबार र मंगलबारको वर्षाका कारण भएको क्षतिको निरीक्षणका लागि प्रधानमन्त्री देउवा आइतबार बिहान पूर्व क्षेत्र आउन लागेका हुन्।
यूएई र ओमनमा जार टी–२० विश्वकपमा उपाधि दाबेदार इंग्ल्यान्डले सुखद् सुरुआत गरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार राति सम्पन्न खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्ध ६ विकेटको सहज जित निकालेको हो।
प्रदेश नम्बर २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहले नेपाली कांग्रेसका कार्यकर्तालाई गौरव महसुस हुने काम गर्ने बताएका छन्।
नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार पहिलो वडाअधिवेशनमा विराटनगर महानगरपालिकाका १९ वडा मध्ये १७ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ।
प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आइतबार विश्वासको मत लिने भएका छन्। उनले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने संवन्धि प्रस्ताव पेश गरेका थिए।
धनुषामा नेकपा एमालेको ११७ वडामा अधिवेशन सम्पन्न भएको छ। जिल्लामा रहेका १७० वडामा उद्घाटन सत्र सम्पन्न भए पनि ११७ वटा वडामा शनिबार अधिवेशन सम्पन्न हुन सकेको एमालेका धनुषा जिल्ला अध्यक्ष...
युवा स्टार फिल फोडेनको दुई गोल सहयोगमा म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ। ब्राइटोनको मैदानमा सम्पन्न खेलमा सिटीले घरेलु टिमविरुद्ध ४–१ गोलको जित निकाल्दा फोडेनको प्रदर्शन सानदार...
नेकपा एमालेको बुटवल उपमहानगरका सबै वडामा सर्वसम्मत नेतृतब चयन भएको छ। बुटवल उपमहानगरका १९ वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले उपमहानगर सभापति बाबुराम पन्थिले बताए।
हामी कस्तो खाना खाइरहेका छौं? हाम्रो खाना स्वस्थ छ या छैन? हाम्रो खानामा पोषक तत्व छ वा छैन? हामी समयमा खाना खाइरहेका छौं वा छैनौं? भन्ने कुराले मानव स्वास्थ्यमा निकै...
बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत राप्ती सोनारी गाउँपालिका-१ गाभर र सौरीबीचको जङ्गलमा रहेका पाटेबाघमाथि निकुञ्ज प्रशासनले विशेष निगरानी गरे पनि हालसम्म नियन्त्रणमा आउन सकेको छैन।
दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखरासँग सहकारीले सम्झौता गरेको छ।