शुक्रबार, भदौ ५, २०८३

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आइतबार विश्वासको मत लिने भएका छन्। उनले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने संवन्धि प्रस्ताव पेश गरेका थिए।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आइतबार विश्वासको मत लिने भएका छन्। उनले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने संवन्धि प्रस्ताव पेश गरेका थिए।

मुख्यमन्त्री आचार्यको कार्यकालको आइतबार छिनोफानो हुने भएको छ। आचार्यले विश्वासको मत प्राप्त गरे आगामी पुरा कार्यकाल मुख्यमन्त्री चलाउने छन्। विश्वासको मत प्राप्त गर्न सकेनन् भने मुख्यमन्त्रीमा नाम लेखाउँदै सरकारबाट बाहिरिने छन्।

आचार्य गत भदौ १० गते प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री भएलगत्तै देखि उनी अल्पमतमा परेका थिए। ९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१ सांसद थिए। १० जनाले एमाले छाडेर एकीकृत समाजवादी रोजेपछि प्रदेश सभामा एमाले सांसदको संख्या ४१ छ। 

प्रदेशसभामा प्रमुख प्रतिपक्षी कांग्रेसको २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीको १०, जनता समाजवादी पार्टीको ३, राप्रपा र संयुक्त लोकतान्त्रिक मञ्चका १–१ सांसद छन्। राप्रपा बाहेकका दल विपक्षी गठबन्धनमा छन्।

प्रकाशित: Oct 24, 2021| 07:02 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...