सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • नौ खेलाडीमा समेटिएको बोलोग्नालाई इब्राहिमोविचको आत्मघाती गोल उपहार

नौ खेलाडीमा समेटिएको बोलोग्नालाई इब्राहिमोविचको आत्मघाती गोल उपहार

इटालियन शीर्ष डिभिजनको फुटबल लिग सिरी ए मा एसी मिलानले नौ खेलाडीमा समेटिएको बोलोग्नाविरुद्ध ४–२ गोलअन्तरको सहज जित निकालेको छ।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

काठमाडौं- इटालियन शीर्ष डिभिजनको फुटबल लिग सिरी ए मा एसी मिलानले नौ खेलाडीमा समेटिएको बोलोग्नाविरुद्ध ४–२ गोलअन्तरको सहज जित निकालेको छ।

बोलोग्नाकै मैदानमा सम्पन्न खेलमा घरेलु टिमका एड्मा सोउमाओरो र रोबर्टो सोरियनोले रातो कार्ड पाएपछि उनीहरू मैदानबाट बाहिरिएपछि मिलानले सहज जित निकाल्यो। सोउमाओरो खेलको २०औं मिनेटमा बाहिरिएका थिए भने सोरियनो खेलको ५७औं मिनेटमा बाहिरिए।

त्यसबीच खेलको ४८औं मिनेटमा मिलानका फरवार्ड ज्वालटन इब्राहिमोविचले आफ्नै पोस्टमा गोल गरेपछि उनले बोलाग्नालाई गोल कोसेली दिएका थिए।

यता मिलानका राफेल लियोले खेलको १६औं मिनेटमा र गोविडे क्यालाब्रियाले ३५औं मिनेटमा गोल गरेपछि मिलानले २–० गोलको अग्रता बनाएको थियो।

तर, इब्रहिमोविचको आत्मघाती गोलमा बोलोग्नाले पुनरागमन गरेको थियो। यता मुबा बरोले खेलको ५२औं मिनेटमा गोल गरेपछि त खेल २–२ गोलको बराबरीमा आएको थियो।

तर, बोलोग्नाका दुवै खेलाडी बाहिरिएपछि मिलानले २ गोल थप्यो। ८४औं मिनेटमा इसमएल बेन्नासरलो गोल गरे भने अन्तिम मिनेटमा इब्राहिमोविचले गोल गरे।

ती दुई गोलको सहयोगमा मिलानले ४–२ गोलको जित निकाल्यो। यो जितसँगै २५ अंक बनाएको मिलान शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानको नापोलीको २४ अंक छ। पराजित बोलोग्ना भने १२ अंकका साथ नवौं स्थानमा छ।

प्रकाशित: Oct 24, 2021| 07:12 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।