बिहीबार, भदौ ४, २०८३

गजुरीमा गुडिरहेको बसमा आगलागी

सुर्खेतबाट काठमाडौंतर्फ आउँदै गरेको ना६ख १४७१ नम्बरको यात्रुबाहक बसमा आइतबार बिहान दुई बजे पृथ्वी राजमार्गअन्तर्गत गजुरी बजारमा एक्कासी आगलागी भएको धादिङ प्रहरीले जनाएको छ।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

काठमाडौं- धादिङको गजुरीमा गुडिरहेको बसमा आगलागी भएको छ। सुर्खेतबाट काठमाडौंतर्फ आउँदै गरेको ना६ख १४७१ नम्बरको यात्रुबाहक बसमा आइतबार बिहान दुई बजे पृथ्वी राजमार्गअन्तर्गत गजुरी बजारमा एक्कासी आगलागी भएको धादिङ प्रहरीले जनाएको छ।

बसमा पूर्णरुपमा क्षति पुगेको र ३६ जना यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ। इन्जिनबाट धुँवा निस्किने बित्तिकै बस रोकेर यात्रुहरू बाहिर निकालेका कारण कुनै मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ। 

गजुरी बजारमा गुडिरहेको बेला बसमा एक्कासी आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ। बसमा आगो लाग्नुको कारण खुलेको छैन। यद्यपि वायरिङमा सट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रकाशित: Oct 24, 2021| 08:24 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।