शुक्रबार, भदौ ५, २०८३

एमाले बुटवल उपमहानगरका सबै वडामा सर्वसम्मत नेतृत्व

नेकपा एमालेको बुटवल उपमहानगरका सबै वडामा सर्वसम्मत नेतृतब चयन भएको छ। बुटवल उपमहानगरका १९ वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले उपमहानगर सभापति बाबुराम पन्थिले बताए।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

बुटवल- नेकपा एमालेको  बुटवल उपमहानगरका सबै वडामा सर्वसम्मत नेतृतब चयन भएको छ। बुटवल उपमहानगरका १९ वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले उपमहानगर सभापति बाबुराम पन्थिले बताए।

एमाले वडा नम्बर १ मा रञ्जु भट्टराई, २ मा सारथी अर्याल, ३ मा पदमराज रिजाल, ४ मा निधिराम ज्ञवाली, ५ मा कोशलराज गैरे तथा ६ मा राजकुमार भट्टराई चयन भएका छन्।

यसैगरी वडा नम्बर ७ देखि १९ सम्म क्रमशः बसुन्धरा भुसाल, नारायण खनाल, भोजबहादुर बुढाथोकी, कला केसी, दिनानाथ भट्टराई, हुमबहादुर क्षेत्री, झविन्द्र थापा, कृष्ण भुसाल, पूर्ण काफ्ले, चुरामणी पौडेल, सुर्यप्रसाद न्यौपाने, सागर थापा र चन्द्रसिंह थापा चयन भएका छन्।

वडा अधिवेशनपछि ९ गते नै पालिका स्तरिय अधिवेशन हुने र निर्धारित मितिमै केन्द्रीय महाधिवेशन पनि सम्पन्न गर्ने एमालेले जनाएको छ। रूपन्देहीका अधिकांश पालिकाका वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ।

प्रकाशित: Oct 24, 2021| 06:26 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...