बिहीबार, भदौ ४, २०८३

प्रधानमन्त्री देउवा आज पूर्व आउँदै

प्रधानमन्त्री शेरबहादुर देउवा पूर्व आउँदै छन्। सोमबार र मंगलबारको वर्षाका कारण भएको क्षतिको निरीक्षणका लागि प्रधानमन्त्री देउवा आइतबार बिहान पूर्व क्षेत्र आउन लागेका हुन्।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

विराटनगर– प्रधानमन्त्री शेरबहादुर देउवा पूर्व आउँदै छन्। सोमबार र मंगलबारको वर्षाका कारण भएको क्षतिको निरीक्षणका लागि प्रधानमन्त्री देउवा आइतबार बिहान पूर्व क्षेत्र आउन लागेका हुन्।

प्रधानमन्त्री देउवा बिहान ८ बजे हेलिकप्टरबाट सशस्त्र प्रहरीको बराह बाहिनी पकली आउने र पकलीमा सुरक्षा प्रमुखहरूले बाढीपहिरोको अवस्थाबारे जानकारी गराउने कार्यक्रम रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। 

सुरक्षा प्रमुखहरूको ब्रिफिङपछि इलाम र पाँचथरमा बाढी पहिरोले पुर्‍याएको क्षतिको निरीक्षण गर्ने कार्यक्रम रहेको उनले बताए। प्रधानमन्त्री देउवासँगै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्की पनि आउँदै छन्। 

बाढीपहिरोका कारण प्रदेश १ मा ७० जनाको मृत्यु भएको छ। एक दर्जनबढी बेपत्ता छन्। धानबालीमा अर्वौंको क्षति पुगेको बताइएको छ।

प्रकाशित: Oct 24, 2021| 07:55 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।