शुक्रबार, भदौ ५, २०८३

एमाले अध्यक्ष ओली आज झापा आउँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार गृहजिल्ला झापा आउँदैछन्।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार गृहजिल्ला झापा आउँदैछन्। 

तीन दिनका लागि पार्टीका तीनजना शीर्ष नेतालाई लिएर ओली गृह जिल्ला आउन लागेका हुन्। अध्यक्ष ओली झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ। ओलीसँगै स्थायी समिति सदस्यहरू सुवासचन्द्र नेम्वाङ र लेखराज भट्ट आउन लागेका हुन्।

ओलीले आइतबार झापाको बिर्तामोडमा माओवादी कार्यकर्ताहरूलाई एमालेमा प्रवेश गराउँदै छन्। सोमबार साँझ ओली विराटनगर आएर विराटनगर महानगरका निर्वाचित वडाध्यक्षहरूलाई बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको एमाले प्रदेश सचिव विनोद ढकालले जानकारी दिए।

कात्तिक ९ गते बिहान अध्यक्ष ओली काठमाडौं फर्कने प्रदेश सचिव ढकालले बताए।

प्रकाशित: Oct 24, 2021| 08:30 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।