सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सिटीको जितपछि ग्वार्डिओला भन्छन्– फोडेनले अझै राम्रो गर्न सक्छन्

सिटीको जितपछि ग्वार्डिओला भन्छन्– फोडेनले अझै राम्रो गर्न सक्छन्

युवा स्टार फिल फोडेनको दुई गोल सहयोगमा म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ। ब्राइटोनको मैदानमा सम्पन्न खेलमा सिटीले घरेलु टिमविरुद्ध ४–१ गोलको जित निकाल्दा फोडेनको प्रदर्शन सानदार रह्यो।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

काठमाडौं- युवा स्टार फिल फोडेनको दुई गोल सहयोगमा म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ। ब्राइटोनको मैदानमा सम्पन्न खेलमा सिटीले घरेलु टिमविरुद्ध ४–१ गोलको जित निकाल्दा फोडेनको प्रदर्शन सानदार रह्यो।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओला विश्वास गर्छन् कि फोडेनले खेलमा अझै राम्रो गर्न सक्नेछन्। अंकतालिकाको दोस्रो स्थानमा पुग्नका लागि म्यानचेस्टर सिटीले आजको पहिलो हाफमा निकै आक्रामक प्रदर्शन गरेको थियो।

त्यसैको नतिजास्वरुप उसले पहिलो हाफमै ३–० गोलको अग्रता निश्चित गर्‍यो। बर्नान्डो सिल्वाले दिएको पासलाई सदुपयोग गर्दै इल्के गुन्डोगनले गोल १३औं मिनेटमै गोल गरे।

चम्किएका फोडेनले भने २८औं र ३१औं मिनेटमा दुई गोल गरे। पहिलो गोलका लागि ज्याक ग्रिलिसले पास मिलाइदिएका थिए भने दोस्रो गोलका लागि ग्याब्रियल जिससले एसिस्ट गरे।

दोस्रो हाफमा पनि सिटीले ब्राइटोनमाथि लगातार दबाब बनाइरह्यो। फलरुवरुप रियाद महरेले खेलको स्टपेज समयमा गोल गरे। त्यो गोलको पास मिलाइदिनेमा पनि २१ वर्षे फोडने नै रहे।

शनिबार राति फरवार्डको भूमिकामा देखिएका फोडेनले यो वर्ष विभिन्न पोजिसनबाट खेलिसकेका छन्। उनी बहुप्रतिभावन रहेको प्रशिक्षक ग्वार्डिओला बनाउँछन्।

‘फाइनल थर्डमा उनी निकै आक्रामक खेल्न सक्छन्। वान अन वानको अवस्थामा उनको गुणस्तर गज्जबको छ,’ ग्वार्डिओलाले भने, ‘उनी ‘फल्स नाइनका’ रूपमा विंगर, वाइड राइट र वाइड लेफ्टमा पनि खेल्न सक्छन्।’

ग्वार्डिओलाको शब्दमा फोडेन त्यस्ता मिडफिल्डर हुन्। जसमा गोलको पूर्ण सेन्स छ। र, उनले अझै धेरै गर्नसक्ने ठाउँहरू छन्।

प्रकाशित: Oct 24, 2021| 06:47 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।