शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले वडा अधिवेशन : विराटनगरका १७ वडामा सर्वसम्मत, २ वडामा निर्वाचन

एमाले वडा अधिवेशन : विराटनगरका १७ वडामा सर्वसम्मत, २ वडामा निर्वाचन

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार पहिलो वडाअधिवेशनमा विराटनगर महानगरपालिकाका १९ वडा मध्ये १७ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

विराटनगर– नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार पहिलो वडाअधिवेशनमा विराटनगर महानगरपालिकाका १९ वडा मध्ये १७ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ। विराटनगर-१ मा निर्वाचन भएको छ। विराटनगर-६ मा सर्वसम्मतको प्रयास सफल नभएपछि आइतबार बिहान मतदान हुँदैछ।

विराटनगर-१ मा किशोर बस्नेत र लोकबहादुर बस्नेतबीच प्रतिस्पर्धा भएको थियो। किशोर बस्नेतलाई ६ मतले पराजित गर्दै लोकबहादुर वडा कमिटी अध्यक्षमा निर्वाचित भएका छन्।

विराटनगर-२ मा विज्ञान शर्मा, ३ मा लालमणि भट्टराई, ४ मा जितन थापा, ५ मा सुनिल श्रेष्ठ, विराटनगर ७ मा मनोज पौडेल, ८ मा राम पोखरेल, ९ मा अन्ताज हुसेन, १० मा अर्जुन गिरी, ११ मा ममता प्रधान, १२ मा भानुभक्त पाठक, १३ मा किशोर पोखरेल, १४ मा राजकुमार महतो, १५ मा उमेश गुरुङ, १६ मा कुमार महर्जन, १७ मा सरोज श्रेष्ठ, १८ मा जितेन्द्र कामत र विराटनगर १९ मा श्याम घिमिरे वडा कमिटी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्।

विराटनगर महानगर अन्तर्गतका वडाकमिटी ५१ सदस्यीय रहेका छन्। शनिवार मोरङका २ वटा वडा बाहेक १५७ वटा कमिटीमा नेतृत्व चयन गरिएको एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले बताए। कात्तिक ९ गते एमालेले देशभर गाउँ–नगर अधिवेशन गर्दै छ।

प्रकाशित: Oct 24, 2021| 07:22 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...