बिहीबार, भदौ ४, २०८३

सहकारीले नै दुग्ध प्रशोधन केन्द्र चलाउने

दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखरासँग सहकारीले सम्झौता गरेको छ।
 |  शनिबार, कात्तिक ६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ६, २०७८

तनहुँ- तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने भएको छ। दुलेगौँडामा रहेको शुक्ला कृषि पर्यटन सहकारीले किसानले उत्पादन गरेको दुधलाई ब्राण्डिङ गरी बजारीकरण गर्न दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्न लागेको हो। 

दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखरासँग सहकारीले सम्झौता गरेको छ। जिल्लाको शुक्लागण्डकी नगरपालिका-४ गाछेपानीमा प्रशोधन केन्द्र निर्माण हुदैँछ। आगामी साउनसम्म निर्माण सम्पन्न गरी प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनेगरी सम्झौता भएको हो।

९९ लाख २९ हजार ३०० रुपैयाँको लगानीमा प्रशोधन केन्द्र सञ्चालन गर्ने सहकारीका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिए। उनका अनुसार सहकारीले १९ लाख ४० हजार ६ सय ४७ रुपैयाँ लगानी गर्नेछ। राष्ट्रिय सहकारी बैंक दमौली शाखाले ३० लाख २४ हजार ३ रुपैयाँ ऋण लगानी गर्नेछ।  नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाईले ४९ लाख ६४ हजार ६ सय ५० रुपैयाँ अनुदान उपलब्ध गराउने सिग्देलले बताए।

गुणस्तरिय दुध, दही, घ्यू, पनिर, आइसक्रिम बनाउने र प्याकेजिङ गर्न आवश्यक यन्त्र उपकरण प्रशोधन केन्द्रमा जडान हुनेछ। कच्चा पदार्थ खरिद, ढुवानी, बजार प्रबद्र्धन र बिमामा परियोजनाको सहयोग रहने जनाइएको छ।

सहकारीले पशुपालनका निम्ति बिना धितो कर्जा लगानी गरिरहेको सिग्देल बताउँछन्। सहकारीको सहकार्यमा  गाउँ-गाउँमा गाईभैँसी फर्म सञ्चालनमा  छन्। 

सहकारीले शुक्लागण्डकी नगर क्षेत्रका किसानले उत्पादन गरेको १२ सय लिटर दुध दैनिक बजारमा पुर्‍याइरहेको छ। हाल प्रशोधन बिनै रबरले दुधको पोका बाँधेर बजारमा पठाइरहेको सहकारीका उपाध्यक्ष मुक्तिनाथ तिम्लिसिनाले बताए। ‘अब बजारमा ब्राण्ड बनाएर बेच्नुपर्ने सरकारी नीतिअनुसार प्रशोधन केन्द्र सञ्चालन गर्दैछौँ। प्रशोधित दुध उपभोक्ताको स्वास्थलाई पनि हितकारी हुन्छ’, उनले भने।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका विज्ञ निर्मलप्रसाद चापागाईले  गुणस्तरीय दुध उत्पादन गरी किसानलाई आत्मानिर्भर बनाउन परियोजनाले सघाउने बताए। उनका अनुसार कार्यस्थलमा काम सम्पन्न भएपछि मात्रै आयोजनाले दिने अनुदानको भुक्तानी हुनेछ।  -न्युज कारखाना

प्रकाशित: Oct 23, 2021| 21:30 शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।