सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • टी–२० विश्वकपमा इंग्ल्यान्डका बलर हाबी भएपछि वेस्ट इन्डिजमाथि सानदार जित

टी–२० विश्वकपमा इंग्ल्यान्डका बलर हाबी भएपछि वेस्ट इन्डिजमाथि सानदार जित

यूएई र ओमनमा जार टी–२० विश्वकपमा उपाधि दाबेदार इंग्ल्यान्डले सुखद् सुरुआत गरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार राति सम्पन्न खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्ध ६ विकेटको सहज जित निकालेको हो।
 |  आइतबार, कात्तिक ७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ७, २०७८

काठमाडौं- यूएई र ओमनमा जार टी–२० विश्वकपमा उपाधि दाबेदार इंग्ल्यान्डले सुखद् सुरुआत गरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार राति सम्पन्न खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्ध ६ विकेटको सहज जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले १४ ओभर दुई बलमै सम्पूर्ण विकेट गुमाएर ५५ रन बनाएको थियो। जवाफी ब्याटिङमा इंग्ल्यान्डले आठ ओभर दुई बल खेलेर चार विकेटको क्षतिमा ७० बल बाँकी रहँदै ५६ रनको लक्ष्य भेट्टायो।

पहिलो इनिङमा वेस्ट इन्डिजका क्रिस गेलले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले जोडी अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ इंग्ल्यान्डका आदिल राशिदले चार विकेट लिए भने मोइन अली र टायमल मिल्सले समान २,२ विकेट लिए। त्यस्तै, क्रिस वोक्स र क्रिस जोर्डनले समान १,१ विकेट लिए।

जवाफी ब्याटिङमा जस बटलरले सर्वाधिक २४ रन बनाए। वेस्ट इन्डिजका एकिल होसेनले २ विकेट गिराए भन रवि रामपउलले एक विकेट लिए।

यससँगै समूह १ को पहिलो चरणका दुई खेल सकिएको छ। जहाँ इंग्ल्यान्डसहित अष्ट्रेलियाले जित निकाले। त्यस्तै, तेस्रो खेलमा आज बंगलादेशले श्रीलंकाको सामना गर्नेछ। सुपर १२ अन्तर्गत समूह २ को खेल आज रातिबाट सुरु हुनेछ। जहाँ इन्डियाले पाकिस्तानको सामना गर्नेछ।

प्रकाशित: Oct 24, 2021| 07:44 आइतबार, कात्तिक ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।